अमेरिकाको विसकन्सिनमा पर्यो ७ सय ६८ मिलियनको पावरबल लोटरी


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

अमेरिकाको इतिहासमा नै तेश्रो ठूलो ज्याकपट लोटरी विसकन्सिनका व्यक्तिले प्राप्त गरेका छन् । झण्डै ७ सय ६८ मिलियन डलरको पावर बल लोटरी एउटै व्यक्तिलाई परेको जनाइएको छ ।

अमेरिकाको इतिहासमा सन् २०१६ को जनवरी १३ मा झण्डै १ दशमलव ५८ बिलियनको लोटरी खुलाइएको थियो । उक्त लोटरीका विजेता तीनजना रहेका थिए ।

सन् २०१८ को अक्टोबर २३ मा पनि १ दशमलव ५४ बिलियनको लोटरी खुलाइएको थियो । जसका विजेता साउथ क्यारोलिनाका एकजनामात्र थिए ।

७५० मिलियन डलरको बुधबारको ज्याकपट धेरै टिकट बिक्रीका कारण ७ सय ६८ मिलियन डलरभन्दा माथि पुगेको थियो । बिक्रि भएका २ सय ९२ मिलियन टिकटमध्ये जित्ने मौका एउटामात्र रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसकन्सिनमा लोटरी विजेता अज्ञात बस्न नपाउने नियम रहेको छ । त्यस्तै उनले जितेको रकममध्ये ठूलो हिस्सा करको रुपमा समेत बुझाउनुपर्नेछ । बुधबारको जित्ने नम्बरहरुमा १६, २०, ३७, ४४, ६२ र पावरबल १२ रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com