मुकेश अम्बानीले तिरिदिए भाइको ८ अर्ब ऋण


प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार

एसियाकै भनाढ्य भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर (  ८ अर्ब ७७ करोड नेरू) ऋण तिरिदिएका छन् । यससँगै अनिल जेल जानबाट बचेका छन् ।

रकम तिर्न नसेक अनिल अम्बानी तिन महिनाका लागि जेल जान पर्ने सर्वोच्च अदालतको आदेश थियो। मुकेशले समय सीमा सकिनु एक दिनअघि सोमबार अनिलको उक्त ऋण तिरिदिएका  हुन्।

अनिलले वक्तव्य जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘कठिन घडीमा मैले परिवारको सहयोग पाएँ । यसले हाम्रो परिवारको बलियो मूल्य–मान्यतालाई दर्शाउँछ । जुन समय मलाई सबैभन्दा बढी सहयोगको आवश्यकता थियो, मेरो परिवार साथमा रह्यो ।’

एक समय मुकेश र अनिलको सम्बन्ध राम्रो थिएन । दुवै एक अर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थिए । अनिलले भनेका छन्, ‘म र मेरो परिवार यसका लागि आभारी छौं कि हामी अतीतबाट निस्कियौं । यो सहयोगका लागि हृदयदेखि आभार ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com