दुबै सदनबाट पारित संकटकालबिरुद्धको प्रस्ताव भिटो प्रयोग गरी ट्रम्पबाट अस्वीकार


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै सदनबाट पारित संकटकालबिरुद्धको प्रस्ताव भिटो प्रयोग गरी अस्वीकार गरेका छन् । ट्रम्पले दुबै सदनबाट पारित उक्त प्रस्तावबिरुद्ध भिटो प्रयोग गर्ने पूर्वघोषणा अनुसार नै पहिलोपटक यो अधिकारको प्रयोग गरेका हुन् ।

बिहिबार एकदर्जन रिपब्लिकन सिनेटरहरुले संकटकालबिरुद्धको प्रस्तावको समर्थनमा मतदान गरेपछि संकटकालबिरुद्धको प्रस्ताव पारित भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि मुलुकमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । तर संकटकालबिरुद्ध अमेरिकी सदनमा प्रस्ताव पेश गरिएको थियो । प्रतिनिधिसभाले पारित गरेको उक्त प्रस्ताव सिनेटबाट पनि पारित भएपछि ट्रम्पको नैतिकरुपमा पराजय भएको छ ।

सिनेटमा संकटकालबिरुद्धको प्रस्तावका पक्षमा ५९ मत खसेको थियो भने प्रस्तावको विपक्षमा ४१ मत खसेको थियो । रिपब्लिकन बहुमत रहेको सिनेटबाट पनि ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव पारित हुनुले राष्ट्रपति ट्रम्पलाई राजनीतिक हिसाबले कमजोर बनाएको छ ।

अहिलेको सिनेटमा रहेका एकसय सदस्य संख्यामध्ये रिपब्लिकनहरु ५३ जना र २ स्वतन्त्र सहित डेमोक्र्याट्सहरु ४७ जना रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाउसमा भने प्रस्तावको पक्षमा २४५ र विपक्षमा १८२ मत परेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेतासँग वार्ताका लागि भियतनाम भ्रमणमा रहेका बेला अमेरिकी संसदको तल्लो सदनबाट संकटकाल खारेज गर्ने प्रस्ताव पारित भएको हो । हाउसमा प्रस्तावको पक्षमा १३ रिपब्लिकन सांसदहरुले पनि मतदान गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको भिटो पावरलाई ओेभरराइड गर्नका लागि संसदबाट दुईतिहाई बहुमतले प्रस्ताव पारित हुन जरुरी हुन्छ । त्यसका लागि भने पस्तावको पक्षमा दुईदिहाई मत खस्न सकेको छैन । दुईतिहाईका लागि २९० मतको आवश्यकता छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com