च्याम्पियन्स लिगमा फुटबलका भगवानको चमात्कार


प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार

युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै एथ्लेटिको मड्रिडलाई हराएर क्वाटरफाइनलमा स्थान बनाएपछि रियो फर्डिनान्डले क्रिष्टियानो रोनाल्डोलाई ‘लिभिङ्ग फुटबल गड’ अर्थात फुटबलको जीवित भगवान भनेका छन् ।

पहिलो लेगमा २–० ले पराजित भएर दबाबमा रहेको युभेन्टसले मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–० को जित निकाल्दै समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो । युभेन्टसको उत्कृष्ट पुनरागमनमा तीनै गोल रोनाल्डोले गरेका हुन् ।

रोनाल्डोको पूर्व साथी खेलाडी तथा बिटी स्पोर्टसका फुटबल पण्डित रियो फर्डिनान्डले रोनाल्डोको प्रदर्शन भगवानतुल्य रहेको बताए । उनले भने, ‘रोनाल्डो फुटबलका जीवित भगवान हुन् । उनले जे गरे त्यो अपत्यारिलो छ । च्याम्पियन्स लिगका सबै कीर्तिमान उनीसँग छ । उनले मेस्सीले जस्तै च्याम्पियन्स लिगमा ८ ह्याट्रिक गरेका छन् ।’

मंगलबार रातिको खेलमा रोनाल्डोले २७, ४९ र ८६ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे र च्याम्पियन्स लिगमा रोनाल्डोको ८ औँ ह्याट्रिकले युभेन्टस अन्तिम ८ मा पुग्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोनाल्डोले च्याम्पियन्स लिगमा गोलको संख्या १२४ बनाएका छन्, यो दोस्रो स्थानमा रहेका लियोनल मेस्सीको भन्दा १८ गोल बढी हो । रोनाल्डो लगातार चौथो सिजन उपाधि जित्ने सम्भावनामा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com