इथियोपिया विमान दुर्घटनापछि ७३७ म्याक्स ८ मोडलका बोइङ ग्राउन्डेड


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

इथियोपियन एअरलाइन्सको विमान दुर्घटनापछि विभिन्न वायुसेवा कम्पनीहरूले बोइङ ७३७ म्याक्स ८ जेटलाई उडानबाट हटाएका छन्।

आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान आइतवार बिहान दुर्घटनाग्रस्त हुँदा १५७ जनाको मृत्यु भएको थियो। इथियोपियामा विमान दुर्घटना हुनुको कारण अहिले नै भन्न नसकिने विज्ञहरूको धारणा छ।

केही महिनाअघि इन्डोनेशियमा पनि सोही मोडलको विमान दुर्घटनामा परेको थियो।

लायन एअरको स्वामित्वमा रहेको सो विमान पनि धावनमार्गबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त हुँदा १८९ जनाको मृत्यु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँच महिनाभित्र बोइङ ७३७ म्याक्स ८ मोडलको विमान दुर्घटनामा परेको यो दोस्रो पटक हो।

चीनको उड्डयन नियामक निकायले घरेलु वायुसेवा कम्पनीहरूलाई सो मोडलका विमानहरूको उडान स्थगित गर्न निर्देशन दिएको छ।

इथियोपियन एअरलाइन्स तथा केमन एअरवेजले पनि सो मोडलका आफ्ना विमानहरू उडानबाट हटाएका छन्। चीनको नागरिक उड्डयन प्रशासनले एउटा विज्ञप्तिमा दुवै दुर्घटना भर्खर सञ्चालनमा आएका बोइङ ७३७ म्याक्स ८ विमान उड्नासाथ भएकाले तिनमा केही समानता भएको टिप्पणी गरेको छ।

उसले ती विमानका सबै उडान स्थानीय समयानुसार साँझ ६ बजेभित्र स्थगित गर्न निर्देशन दिएको छ।

सो निर्देशनबाट एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, चाइना सदर्न एअरलाइन्स र अन्य कम्पनीहरू प्रभावित हुनेछन्।

चीनमा सो मोडेलका कम्तीमा ९० वटा विमान सञ्चालनमा छन्।
बोइङ ७३७ को इन्जिन बनाउने फ्रान्सेली एरोस्पेस समूह साफोँको शेयर मूल्य सोमवार घट्यो।

सो विमान सन् २०१७ देखि मात्रै नियमित उडानमा प्रयोग हुन थालेको हो।

बोइङले आइतवारको दुर्घटनाबाट आफूलाई दुस्ख लागेको भन्दै अनुसन्धानका लागि प्राविधिक सहयोग गर्न टोली पठाउने जनाएको छ।

इथियोपियाले बोइङ कम्पनी र अमेरिकाका विशेषज्ञहरूसँग समन्वय गरेर दुर्घटना अनुसन्धान गर्नेछ।

भारतले पनि सो मोडलका विमान सञ्चालनबारे नियामक निकायहरूसँग छलफल गरेको बताएको छ।

भारतमा जेट एअरवेज र स्पाइसजेटले बोइङ ७४७ म्याक्स ८ मोडलका विमान प्रयोग गर्छन्।
बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन्।

टीयूआई ग्रूपसँग त्यस्ता १५ वटा विमान छन्। उसले उत्पादकसँग आफू सम्पर्कमा रहेको र ती विमान चलाउन नहुने कारण नदेखेको बताएको छ।
फ्लाईदुबईका प्रवक्ताले परिस्थितिबारे विचार गरिरहेको समाचार संस्था रोएटर्सलाई बताएका छन्।

नर्वेजियन एअरलाइन्ससँग १८ वटा त्यस्ता विमान छन्।

तीमध्ये अधिकांशले आयरल्यान्ड र अमेरिकामा उडान गर्छन्। उसले ती विमान चलाउन छोडेको छैन।

सो एअरलाइन्सका निर्देशकले बोइङ र उड्डयन निकायले जे भन्छन् त्यो मान्ने बताएका छन्।

उनले भने, हाम्रा यात्रुको सुरक्षा नै हाम्रो उच्च प्राथमिकता हो र हुन्छ।

सिल्कएअर, आरोलिनियस आर्जेन्टिनास र एअर इटालीसँग पनि त्यस्ता विमानहरू छन्। उत्तर अमेरिकाका वायुसेवाहरूले पनि ती विमान चलाउँछन्।

साउथवेस्ट एअरलाइन्ससँग ३१ एवम् एअर क्यानडा र अमेरिकन एअरलाइन्ससँग २४(२४ वटा बोइङ ७३७ म्याक्स ८ जेट छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com