२५ बर्षीय गायक जस्टिन बिबर डिप्रेशनमा, प्राथना गरिदिन प्रशंसकसँग आग्रह


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

चर्चित गायक जस्टिन बिबरले आफूले एकदमै संघर्ष गरिरहेको बताउँदै प्रशंसकहरुसमक्ष आफ्ना लागि प्राथना गरिदिन आग्रह गरेका छन् । एउटा इन्स्टाग्राम पोष्टमार्फत गायक बिबरले आफूले एकदमै सम्पर्कविहिन र अनौठो अनुभव गरिरहेको जनाएका छन् ।

इन्स्टाग्राममा उनले प्राथना गरिरहेको श्यामश्वेत तस्वीर पोष्ट गरेका छन् । फरबरीमा गायक बिबरको डिप्रेशनको उपचार भइरहेका समाचारहरु आएका थिए । तर उनको पछिल्लो इस्टाग्राम पोष्टलाई उनमा आएको सुधारका रुपमा हेरिएको छ ।

मार्च १ मा २५ बर्षमा प्रवेश गरेका गायक पुन सामान्य जीवन र स्टारडममा फर्कने अपेक्षा गरिएको छ । थेरापीले उनलाई सकारात्मक प्रभाव पारिरहेको र उनले नकारात्मक कुराहरुभन्दा सकारात्मक कुराहरु सोंच्न थालेको जनाइएको छ । अब उनले नयाँ जीवनको सुरुवात गर्न लागेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com