केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली गोरखाकी एकता अधिकारी


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली गोरखाकी एकता अधिकारी भएको पुष्टी भएको छ ।इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो।

इजिप्टका लागि नेपाली राजदूत छविन्द्र अर्यालले दुर्घटनामा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), इथियोपियामा कार्यरत नेपाली नागरिक एकता अधिकारी परेको जानकारी राति अबेर परराष्ट्र मन्त्रालयमा जानकारी गराएका छन् । एब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले अर्याललाई आफ्ना कर्मचारी एकता अधिकारी दुर्घटनामा परेको र त्यसबारे उनका परिवारका सदस्यलाई पनि जानकारी गराइसकेको बताएका छन् ।

केन्याको नैरोबीका लागि उडेको उक्त जहाज इथियोपियाको बिसोफ्टुमा दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जनाएको छ।

विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ । त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ । 

विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, ९ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ।  

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com