१४९ जना यात्रु बोकेको इथियोपियन एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ ।

आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ । इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ ।

“दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गर्नुभएको छ । एयरलाइन्सले खोजी तथा उद्धार कार्यलाई तिव्ररुपमा अगाडी बढाइएको र दुर्घटनामा परेकाहरु जिवितै रहने संभावना कम रहेको पनि जनाएको छ ।

बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८.३८ मा विमान उडेको थियो । उडेको छ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्क विहिन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com