आज १०९ औ अन्तर्राष्ट्रिय महिला दिवस, देश बिकाशको गतीमा अग्रशर, तर देशमा छाउपडी लगायतका कुरीति, कुप्रथा, कुसंस्कारहरु कायमै


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

आज १०९ औ अन्तर्राष्ट्रिय महिला दिवस, देश बिकाश को गतीमा अग्रशर, तर देशमा कुरीति, कुप्रथा, कुसंस्कार हरु कायमै रहेको बेला  महिला तथा सामाजिक समितिले कुरीति, कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पाँच बुँदे निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र मन्त्रालयका निमित्त सचिव वीरबहादुर राईसहितको उपस्थितिमा बैठकले पाँच बुँदे निर्देशन दिने निर्णय गरेको हो ।

निर्णयमा देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कारको विस्तृत अध्ययन गरी सूची तयार गर्ने तथा न्यूनीकरणका लागि स्पष्ट कार्यदिशा एवं रणनीति बनाई कार्यान्वयन गर्न गराउन समितिको मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथालाई निर्मूल गर्न तत्काल स्थानीय तहसँग सहकार्य गरी दुई महीनाभित्र परिणाम आउने गरी काम गर्न गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देश गर्ने, सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट भएको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन प्रभावकारी कार्यान्वयन गर्न, गराउन र त्यसबारे कार्यप्रगति मासिक रुपमा उपलब्ध गराउन मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

छाउपडीलगायतका कुरीति, कुप्रथा, कुसंस्कार अन्त्यका लाग कार्यरत गैरसरकारी संस्थाको कार्य मूल्याङ्कन गरी स्थान विशेष एउटा निकायलाई एउटा कार्य तोकी कार्यसम्पादन गर्ने गराउन पनि समितिले निर्देशन दिएको छ ।

बैठकले आगामी वर्षलाई कुरीति, कुप्रथा तथा कुसंस्कारविरुद्धको वर्षको रुपमा मनाउन सकिने वा नसकिने सम्बन्धमा एक हप्ताभित्र समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।

मन्त्री थापाले समितिले दिएको निर्देशनानुसार देशमा विद्यमान कुरीति, कुप्रथा, कुसंस्कार न्यूनीकरणका लागि काम गर्ने र योजना बनाएर स्थानीय तहसँग मिलेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समिति सभापति निरुदेवी पालले सुदूरपश्चिमको छाउपडी सम्बन्धमा समितिबाट स्थलगत अध्ययन प्रतिवेदन मन्त्री थापालाई बुझाउँदै त्यसको उचित कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com