अमेरिकाकी काइली जेनर २१ बर्षको उमेरमै विश्वकै कान्छी अर्बपति बन्न सफल


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति बन्न सफल भएकी छन् । कम उमेरमा आफ्नै बलबुतामा अर्बपति बनेकी उनलाई फोर्ब्स म्यागजिनले विश्वकै कान्छी अर्बपति भनेको छ ।

सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनर शृङ्गारका सामानको व्यवसायमा संलग्न छिन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्षमात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको बताइएको छ ।

२१ वर्षको उमेरमै अर्बपतिको सूचीमा सामेल हुँदै उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई उछिनेकी छन्। विश्वकै कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।

सोशल मिडियामा पनि काइली उत्तिकै सक्रिय छिन् । यसबाट पनि उनले आफ्नो व्यवसायको प्रचारप्रसार तथा लोकप्रियतामा चाँडो प्रगति हासिल गरेको विश्लेषकहरु बताउँछन् । इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट, ट्विटर लगायतमा उनका १७५ मिलियन फलोअर छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com