आफू वायु सेनामा हुँदा बलात्कृत भएको एक अमेरिकी सिनेटरको भनाई


प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

एक जना अमेरिकी सिनेटरले आफु अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ । आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित उदाहरण भएको रिपब्लीकन सिनेटर मार्था म्याकसेलीले दाबी गर्नुभएको छ ।

सेनाबाट हुने यौनजन्य हिंसाको सुनवाईका लागि बनेको उपसमितिमा उहाँले सो कुरा बताउनुभएको हो । सेनाको उच्चस्तरमा रहेका ती बलात्कारीले पदको दुरुपयोग गरी यस प्रकारको हिंसा गरेको म्याकसेलीले बताउनुभएको छ ।

एरिजोना राज्यबाट सिनेटर पदमा पुग्नु भएकी ५२ वर्षीया म्याकसेली सन् १९८८ बाट २०१० सम्म अमेरिकी वायु सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँ कर्नल पदबाट अवकाश हुनु भएको समाचारमा जनाइेको छ ।

आफू बलात्कृत भएको अवस्थामा उनले बलात्कारीको प्रत्यक्ष विरोध नगरेको र धेरै वर्षको अन्तरालपछि म्याकसेलीले यस यौन अपराधलाई बाहिर ल्याउनु भएको हो । ‘यस्ता अपराधबाट धेरै पीडित जस्तै म पनि दोहोरिए जस्तो मलाई लाग्थ्यो,’ म्याकसेलीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म्याकसेलीको अभियोगबाट आफूहरु स्तब्ध र दुःखी भएको अंेरिकी वायुसेनाले निकालेको एक विज्ञप्तिमा जनाइेको छ । म्याकसेलीलाई नौसेनाको एक टुकडीलाई कमाण्ड गर्दै युद्धक विमान चालकका रुपमा पहिलो अंेरिकी महिलाको रुपमा पनि हेरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com