सरकारी संयन्त्रबाटै कामदार ल्याउन जापान सहमत


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

सरकारी संयन्त्रबाटै नेपाली कामदार भर्ना गर्न जापान सहमत भएको छ । जापानले पारित गरेको श्रम समझदारीको मस्यौदा नेपाललाई पठाई सरकारी संयन्त्रमार्फत कामदार भर्ना गर्न तयार रहेको जनाएको हो ।

यो समझदारीलाई जापानले दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ (एमओसी) भनेको छ । उसले आउँदो मार्चको अन्तिम साता दुई देशबीच एमओसी गर्न प्रस्ताव राखेको छ । जुन सचिवस्तरमा हस्ताक्षर हुनेछ ।

गत जनवरीको दोस्रो साता काठमाडौंमा नेपाल र जापानबीच सम्पन्न उच्चस्तरीय प्रविधिक टोलीको बैठकमा नेपालले कामदार भर्ना प्रक्रियामा तेस्रो पक्षको संलग्नता हुन नहुने प्रस्ताव राखेको थियो । जापानले सरकारी संयन्त्रबाटै कामदार भर्ना गर्ने सहमति जनाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागभित्रै एउटा इकाई राख्ने तयारी गरेको हो ।

‘सम्भवतः हामीले कोरिया पठाउने मोडलअनुसार नै प्रक्रिया अगाडि बढाउनेछौं,’ श्रम मन्त्रालयका एक अधिकारीले भने । जापानले आफ्नो देशको नागरिकले पाउने न्यूनतम तलबसरह नै विदेशी कामदारलाई दिने जनाएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार कामदारलाई प्रतिघण्टा घटीमा ६ सय ७३ देखि बढीमा ८ सय ७४ जापानी येन (हालको विनिमय दरअनुसार ९ सय ७८ रुपैयाँ) सम्म पाइरहेका छन् । न्यूनतम तलब क्षेत्रअनुसार पनि फरक हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मस्यौदामा जापानले चौथो तहको भाषा परीक्षा उत्तीर्ण भएका कामदारलाई मात्रै छनोट गर्ने उल्लेख छ । जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) ५ तहको छ । चौथो र पाँचौं तह भनेको आधारभूत जापानी भाषा (दैनिक रूपमा प्रयोगमा आउने) बोल्न र पढ्न सक्ने हुनु हो । जापान जाने श्रमिकको लागत खर्च भने अझै टुंगिएको छैन ।

नेपालले शून्य लागतमा कामदारको भर्ना हुनुपर्ने सर्त राखेको छ । जापानी भाषा अध्ययनलगायत विभिन्न शीर्षकमा कामदारको लगानी हुने स्थिति छ । हवाई टिकट, भिसा, अध्ययन खर्च, मेडिकल खर्चलगायत शीर्षकमा लाग्ने एकमुष्ठ रकम कुन पक्षले व्यहोर्ने भन्ने विषयबारे मस्यौदामा स्पष्ट उल्लेख छैन । आइतबार श्रम मन्त्रालयमा बसेको उच्च अधिकारीहरूबीच यी विषयमा जापान स्पष्ट हुनुपर्ने भन्दै पुनः जापानी पक्षसँग कुरा गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

जापानी पक्षले प्रक्रियामा रहेको समझदारीलाई बाहिर नलैजान नेपाल पक्षलाई आग्रह गरेको हुँदा श्रम मन्त्रालयले यसबारे विस्तृत विषय सार्वजनिक गरेको छैन । जापानले पहिलो पटक विदेशी श्रमिक लैजाने नीति लिएको हुँदा कस्तो मोडल अपनाउने भन्ने विषयमा आफैं प्रस्ट देखिएको छैन ।

जापानले आफ्नो देशमा कामदार अभाव हुन थालेपछि आउँदो अप्रिलबाट दक्ष र अदक्ष विदेशी कामदारको आपूर्ति गर्ने निर्णय गरेको थियो । तत्कालका लागि ३ लाख ४२ हजार विदेशी श्रमिकको भर्ना गर्ने निर्णय गरे पनि नेपालबाट लैजाने श्रमिकको संख्या तोकिसकेको छैन ।

औपचारिक बैठकमा नेपाल प्राथमिकता रहेको जापानी पक्षले भनाइ छ । जापानले सरकार–सरकारबीच दुई पक्षीय श्रम समझदारी भए पनि निजी क्षेत्रले माग गरे अनुसार श्रमिकको भर्ना हुने जनाएको छ । पछिल्लो समयमा झन्डै ८० हजार भन्दा बढि नेपाली रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com