प्रवासी अभिभावकलाई १० वर्षे भिसा दिने अष्ट्रेलिया सरकारको घोषणा


प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार

अष्ट्रेलिया सरकारले प्रवासी अभिभावकहरुलाई १० वर्षे भिसा दिनेभएको छ । प्रवासीहरुले निकै लामो समयदेखि माग गर्दै आएको भिसा सन् २०१९ को मध्यतिरबाट सुरु गरिने अद्यागमन मन्त्रालयले जनाएको छ ।

अध्यागमन मन्त्री डेभिड कोलम्यानले यो भिसाले अभिभावकहरुलाई आफ्ना सन्तानसँग जोड्ने बताएका छन् । उनले भने “सँगै समय बिताउन चाहने परिवारका सदस्यहरुको लागि यो निकै उपयोगी हुनेछ । यसले आप्रवासीहरुका बाबुआमा र हजुरबुबा हजुरआमाहरुलाई अष्ट्रेलियामा रहेका आफ्ना सन्तानहरुसँग बस्न सघाउनेछ ।” तर, विपक्षी लेबर पार्टीले भने यसका केही बुँदामा असन्तुष्टि जनाउँदै यसको विपक्षमा धारणा राखिरहेका छन् । लेबरका प्रतिनिधिहरुले यसका केही कानूनी जटिलताका विषयमा आफूहरुको असन्तुष्टि रहेको बताइरहेका छन् । छायाँ अध्यागमन मन्त्री स्यानी न्यूमेनले सन् २०१६ को चुनावभन्दा अगाडि प्रस्ताव गरिएकै रुपमा यसलाई लागू गर्नुपर्ने माग गरे । पछि संशोधन गरिएको भिसामा भने एक परिवारले एकजोडी अभिभावकहरुलाई छान्नुपर्ने भएकोले यसले श्रीमानतिरको या श्रीमतीतिरको कसको अभिभावक ल्याउने हो यो छान्न कठीन हुने उनको ठम्याई छ ।

तर, यस भिसाको शुल्कलाई लिएर भने त्यति धेरै उत्साह छैन । नयाँ नियम अनुसार तीन वर्षको भिसाको लागि ५ हजार डलर शुल्क लाग्नेछ भने पाँच वर्षीय भिसाको लागि १० हजार डलर अनि पाँच वर्ष नै थप गरेर अर्को १० हजार डलर तिरेपछि कूल २० हजार डलर शुल्कमा १० वर्षको भिसा प्राप्त गर्न सकिने प्रावधान छन् ।

यति मात्र होइन यो भिसा प्राप्त गर्ने अभिभावकहरुको लागि निजी स्वास्थ्य बिमाको समेत प्रबन्ध गर्नुपर्ने भएका कारण अझ यो महँगो बनेको छ । यो भिसाको लागि आवेदन गर्नुपूर्व नै आफ्नो आर्थिक स्थितिको बारेमा जानकारी दिनुपर्नेछ । त्यसको अध्ययनपछि मात्रै आवेदन दिन पाइने अर्को प्रावधान पनि कठीन खालकै छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालको नियम अनुसार अभिभावकहरुले अधिकतम २ वर्षको भिसा प्राप्त गर्दै आएका छन् जसको शुल्क यति चर्को छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com