जापानमा अभिभावकले आफ्ना बच्चालाई पिट्न नपाउने कानून आउँदै


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

जापान सरकारको सत्तारुढ पार्टीले जापानमा अभिभावकहरुले बच्चा पिट्न नपाउने कानून ल्याउने बारे योेजना बनाइरहेको छ । अनुशासनको नाममा बालबालिकामाथि हुने दुव्र्यहारका मामिलाहरु बढ्न थालेपछि सरकारले बालबालिकासम्बन्धी कानूनमा संसोधन गर्ने भएको हो । साथै बालबालिका कल्याणकारी केन्द्रलाई बालबालिकामाथि दुव्र्यवहार गर्ने अभिभावबाट बच्चा छुटाएर आफूले जिम्मा लिन पाउने अधिकारको पनि सुनिश्चित गर्ने लगायतका कानूनी संसोधनम पनि योजनामा समावेश छ । बच्चा पाल्ने अभिभावक र कल्याणकारी संस्थाका कर्मचारीहरुले पनि अनुशासनको नाममा बालबालिकालाई कुट्न पाउने छैनन् ।

अभिभावकको दुव्र्यवहारका कारण जापानमा बच्चाको मृत्यु भएपछि जापान सरकारले यस किसिमको कानून ल्याउन अग्रसरता देखाएको हो । गत वर्ष आफ्नो बाबुृको दुव्यवहार सहन नसकेर घर छाडेकी एक पाँच वर्षिय बालिको मृत्यु भएको थियो भने टोकियो नजिकैको क्षेत्र नोदामा एक पिताले अनुशासन सिकाउने नाममा आफ्नी १० वर्षिय छोरीलाई घण्टौं उभिन लगाएपछि उनको पनि मृत्यु भएको थियो ।

यद्यपि कानूनमा कस्ता खालका अनुशासित कदमलाई भौतिक सजायका रुपमा लिइने भन्ने कुरा स्पष्ट खुलाइएको त छैन तर सरकारले यस बारे स्पष्ट पार्ने भने लक्ष्य लिएको छ ।

साथै कानूनले बालबालिका कल्याणकारी केन्द्रको भूमिका पनि विस्तार गरेको छ । केही अधिकारीहरुलाई दुवर््यवहार गर्ने अभिभावकबाट बच्चा छुटाउने जिम्मेवारी दिइएको हुन्छ भने अन्यलाई अभिभावकलाई परामर्श र सल्लाह दिनका लागि खटाइने यस मामिलासँग जानकार स्रोतले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापानमा २ सय १० ओटा यस्ता केन्द्रहरु रहेको र गत आर्थिक वर्ष संस्थाले बालबालिका दुव्र्यवहार र अभिभावक परामर्श सम्बन्धी १ लाख ३० हजार ओटा मुद्धाहरु हेरेको बताइएको क्योदो न्यूजमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com