जापानमा अब विदेशी नागरिकलाई निःशुल्क परामर्श, अनलाइनबाटै पनि सेवा लिन सकिने


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

जापानले विदेशी नागरिकलाई निःशुल्क परामर्श सेवा दिने भएको छ । यहाँको न्याय मन्त्रालयअन्तर्गको मानव अधिकार विभागले यस्तो निर्णय गरेको हो । आफूलाई मानव अधिकारको उल्लङ्घनको शिकार भएको मान्ने व्यक्तिका लागि न्याय मन्त्रालयको मानव अधिकार निकायले परामर्श सेवा दिन्छ । यी निकायहरुले अवस्थाको मूल्याङ्कन गरेर आवश्यक अनुसन्धान र उपयुक्त कदम चाल्दै भविष्यमा यस्ता घटना हुनबाट समेत रोक्ने प्रयास गर्छ ।

यदि तपाइ पनि आफूलाई मानव अधिकार उल्लङ्घनको शिकार भएको मान्नुहुन्छ भने यहाँ सम्पर्क गर्न सकिन्छ । यहाँका कर्मचारीले तपाइको समस्या सँगै बसेर छलफल गर्ने सम्भव भएसम्म छिटो त्यसको समाधान पनि निकाल्न सहयोग गर्छन् ।

जापान प्रवेश गर्ने विदेशी नागरिकको संख्या दिनप्रतिदिन बढ्दै गइरहेका कारण भाषा, धर्म, संस्कृतिलगायतका पक्षका आधारमा हुने भेदभाव पनि बढ्ने देखिएको छ ।

उदाहरणका लागि राष्ट्रियताका कारण घर भाडामा नपाइने र विद्यालयमा बुलिङ्को शिकार हुने जस्ता कुराहरु पर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशी नागरिकको मानव अधिकारलाई उचित सम्मान दिनका लागि मानव अधिकार निकायले फोन, अनलाइन र व्यक्तिबाट पहुँच हुने परामर्श सेवा तय गरेको छ ।

जापानी भाषाको राम्रो ज्ञान नभएका विदेशी नागरिकलाई सहयोग गर्न राष्ट्रभरीका ५० ओटा कानूनी मामिलला विभाग र जिल्ला कानूनी मामिला विभागको माध्यमबाट यो सेवा दिइने भएको हो ।

– यो विभाग सरकारी निकाय भएकाले यहाँ दिइने सल्लाह र सुझाव सबै निश्पक्ष र तटस्थ हुनेछ ।
– यसका लागि कुनै शुल्क लाग्दैन र कागजी कामको पनि आवश्यकता पर्दैन ।
– आवश्यकता अनुसारका कानूनी सल्लाह र सुझाव दिइनेछ । उपयुक्त लागेमा दुवै पक्षबीच सुलाह गराउने प्रयास गरिनेछ ।
– सबै उपाय सम्बन्धित पार्टीको सहमतिका आधारमा गरिन्छ । यदि उसले नचाहेको खण्डमा उसलाई बाध्य बनाइँदैन ।
– परामर्श सेवा फोन, अनलाइन र आमने सामने उपलब्ध हुनेछ ।

फरक भाषा, सँस्कृति, धर्म, रितिरिवाज र सँस्कारका कारण विदेशीहरुले विभेदजन्य हिंसाबाट पीडित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो सेवा दिन लागिएको ब्यूरोले जनाएको छ ।विशेषगरि घर–कोठा, पसल भाडामा लिने क्रममा र स्कुलमा बच्चाहरुमाथि विभेदजन्य हिंसा हुने गरेको आवाज उठिरहेकै बेला यस्तो सेवा सुरु गरिन लागेको बताईएको छ । मानव अधिकार संग सम्बन्धित मूल्य र मान्यताको सम्मान गर्दै जापानमा रहेका विदेशीहरुलाई त्यसको प्रत्याभूति दिलाउन यसप्रकारको सेवाले धेरै भन्दा धेरै पीडित विदेशीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

फोनमार्फत सेवा लिनका लागि(विदेशी भाषामा): 0570-090911, weekdays 9:00-17:00 (closed for New Year)
फेस–टु–फेस परामर्श लिनका लागिः Legal Affairs Bureaus and District Legal Affairs Bureaus, weekdays 9:00-17:00 (closed for New Year)
अनलाइनमार्फत परामर्श लिनका लागिः http://www.moj.go.jp/MINJI/minji10.html (Japanese only)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com