अमेरिकाको निशानामा ओसामा बिन लादेनका छोरा


प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार

अमेरिकाले सन् २००१ को अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतंकवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने बताएको छ।

हम्जा अल कायदाका नेताका रुपमा उदाइरहेको बताइएको छ। उनी कहाँ छन् भन्ने चाहिँ प्रस्ट थाहा छैन। हम्जा बिन लादेन ३० वर्षका रहेको बताइन्छ।

पछिल्लो समय उनले सार्वजनिक गरिरहेका श्रव्य दृश्य सामग्रीमा अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए। अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रुपमा विश्वका लागि खतरनाक आतंकवादीको सूचीमा राखेको थियो।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ, उनका बुवा ओसामा बिन लादेनलाई मारिँदा पाकिस्तानको अब्बोटावादमा संकलन गरिएका पत्रमा हम्जालाई उनको उत्तराधिकारीका रूपमा अगाडि बढाइरहेको संकेतहरू देखिन्थ्यो। ती पत्रहरूले उनी नै बिन लादेनका सबैभन्दा प्रिय छोरा रहेको समेत देखिन्थ्यो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी कहाँ छन् भन्नेबारे फरक-फरक अनुमान पाइन्छन्। कसैले उनी आफ्नी आमासँग थुप्रै वर्ष इरानमा बसे र त्यहीँ नै उनको विवाह समेत भयो भन्ठान्छन्।

अर्काथरीको अनुमान भने उनी पाकिस्तान, अफ्गानिस्तान वा सिरियामा कतै लुकेर बसेका छन् भन्ने छ। उनको विवाह अमेरिकाको ट्विन टावरमा ठोक्याइएका विमानमध्ये एउटाको अपहरण गर्ने मोहम्मद आटाकी छोरीसँग भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com