आत्मरक्षाका लागि भारतीय लडाकु विमान खसालेको पाकिस्तानको दावी


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

आफ्नो वायुसीमामा प्रवेश गरेका दुईवटा भारतीय लडाकु विमानलाई बुधवार बिहानै खसालेको दाबी गरेको पाकिस्तानले त्यसलाई ‘आत्मरक्षाका लागि चालिएको’ कदम भनेको छ। पत्रकार सम्मेलन गर्दै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पाकिस्तानले आफ्नो ‘क्षमता र सामर्थ्य देखाउन’ उक्त कदम चालिएको बताए।

तर उनले भारतीय विमान खसालिएको घटनालाई भारतलाई जवाफी कारबाही गरेको रूपमा व्याख्या गरेनन्। उनले भने, “यो हामीले हाम्रो क्षमता छ भन्ने देखाएको पक्का हो। तर यो जवाफी कारबाही होइन।”

भारतले मङ्गलवार पाकिस्तानी भूभागमा प्रवेश गरी पुलवामा हमला गराएको भनिएको एउटा सशस्त्र समूहको तालिम केन्द्रमा हमला गरेको दाबी गरेको थियो। त्यसलाई उसले ‘गैरसैनिक कारबाही’ भनेको थियो।

पाकिस्तानी सेनाका प्रवक्ताले आफ्नो क्षमता देखाउन ६ वटा ‘टार्गेट चयन गरेर तिनलाई लक गरिएको’ बताएका छन्। उनका अनुसार नियन्त्रण रेखा पार गर्ने दुईवटा विमानलाई पाकिस्तानले खसालेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसमध्ये एउटा पाकिस्तानतर्फ र अर्को भारततर्फ नै खसेको उनले बताए। पाकिस्तानतर्फ खसेको विमानका दुईजना चालकमध्ये एकजना घाइते भएकाले उनको उपचार भइरहेको र अर्का पनि आफ्नो नियन्त्रणमा रहेको पाकिस्तानको दाबी छ।

पत्रकार सम्मेलनमा खसालिएको विमानमा भेटिएका भन्दै केही कागजपत्र र हतियार समेत देखाइएको थियो। पत्रकार सम्मेलनमा पाकिस्तानी सैन्य प्रवक्ताले आफूहरूले युद्ध नचाहेको बताए।

उनले भने, “पाकिस्तान युद्धको वातावरणउन्मुख छैन। हामी दुई देश र क्षेत्रीयस्तरमै शान्तिको कामना गर्छौँ।” गफूरले आफूहरूसँग युद्ध लड्ने क्षमता भए पनि जिम्मेवार राष्ट्रका रूपमा युद्धमा जान नचाहेको बताए।

उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि शान्तिका लागि पहल गर्न आग्रह गरे। गफूरले सञ्चारमाध्यमलाई पनि युद्ध शुरू भएको जस्तो नगरी शान्तिको पत्रकारिता गर्न आग्रह गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com