डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्स पुनः रिङ्गमा फर्किए


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्स पुनः रिङ्गमा फर्किएका छन् । ल्युकिमियाको इलाजपछि चर्चित रेस्लर रोमन ‘मोण्डे नाइट र’ बाट पुनः डब्लुडब्लुईको रिङ्गमा फर्किका हुन् । उनले २२ अक्टोवर २०१८ मा ल्युकिमियाको इलाजको लागि डब्लुडब्लुईको रिङ्ग छोडेका थिए ।

उनले ल्युकिमियाको उपचारकै लागि डब्लुडब्लुईको रिङ केही समयको लागि छाडेका बताएका थिए । रोमन रेन्सको उक्त फैसलाले वल्र्ड रेसलिङ इन्टरटेन्मेन्टमा सबैलाई दुखी बनाएको थियो । तर लुकिमियाको उपचार गराएर रोमन रिङ्गमा पुनः फर्किइसकेका छन् ।

यसरी रोमन अचानक रिङ्गमा फर्कदा लाखौं, कराडौंको संख्यामा रहेका उनका फ्यानहरुको खुसीको सीमा नै छैन । ‘मोण्डे नाइट र’बाट डब्लुडब्लुईको रिङ्गमा फर्कदै गर्दा रोमनलाई लाखौंले ताली र सिट्टी बजाई स्वागत गरेका छन् । लाखौं फ्यानहरुले आई लभ यु रोमन, आई मिस यु रोमान, रोमन रेन्स इज माई हिरो लगाएतका प्ले कार्डसहित रोमनको अगमनलाई स्वागत गरेका छन् ।

रिङ्गमा आइसकेपछि रोमनले सबै आफ्नो फ्यानहरुलाई सम्झिरहेको बताए । उनले भने, ‘लामो समयपछि म यसरी रिङ्गमा फर्कदै गर्दा फ्यानहरुले कस्तो रिएक्ट गर्छन् भन्ने डर थियो । तर तपाईहरुको साथ र सहयोगले निकै उर्जावान बनाएको छ । र एउटा कुरा– मैले तपाईहरुलाई धेरै सम्झिरहेको थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोमनले यस्तो अभिव्यक्ति दिइरहँदा लाखौं दर्शक तथा फ्यानहरुले उनलाई ताली र सिट्टीले हौसला दिए । सबै दर्शकहरुको मायाले गर्दानै आफू पुनः डब्लुडब्लुईको रिङ्ग फर्किएको बताउँदै उनले भने, ‘द बिग डग इज ब्याक ।’

यति भन्दै रोमन रिङ्गबाट बाहिर निस्किए र आफ्नो फ्यानहरुसँग हात मिलाए, अंकमाल गरे । त्यसपछि उनका साथी सेथ रोलिन्स पनि भेट्न आए र अंकमाल गरे, तर रोमनको अर्को साथी डिन एम्ब्रोस भने देखिएनन् ।

के हो ल्युकिमिया ?

ल्युकिमिया एक प्रकारको ब्लड क्यान्सर हो । यो ब्लड सेल्स बढ्ने रोग हो । ल्युकिमिया भएपछि ह्वाइट ब्लड सेल्सको डीएनएमा समस्या उत्पन्न हुन्छ । रोमन रेन्सका अनुसार ११ वर्षको उमेरमा उनी ल्युकिमिया रोगको शिकार बनेका थिए ।उपचारपछि यो रोगबाट छुटकरा पाउँदै आएका रोमन रेन्सलाई पुनः यो रोगले च्यापेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com