३ दिन लगाएर ४ हजार किलोमिटर रेलमा चढेर भियतनाम जाँदै उत्तर कोरियाली नेता किम


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखरवार्ताका लागि उत्तर कोरियाली नेता किम जङ अन ट्रेनमार्फत भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् । किम झण्डै तीनदिन लगाएर ४ हजार किलोमिटर परको भियतनामको राजधानी पुग्नेछन् ।

न्युयोर्क समय अनुशार शनिबार विहान ८ बजे किम चीनको सिमाक्षेत्रको शहर डाङडोङ पुगेको जनाइएको छ । अमेरिका र उत्तर कोरियाबीचको दोश्रो शिखरवार्ता बुधबार र विहिबारका लागि तय गरिएको छ । गतबर्ष ट्रम्प र किमबीच सिंगापुरमा वार्ता भएको थियो ।

किमको यात्रासम्बन्धी योजनाहरू प्रायः अतिगोप्य हुने गर्छन्। ट्रम्प र किमबीच सिङ्गापुरमा भएको अघिल्लो शिखरवार्ताको योजना पनि यसरी नै रहस्यको गर्भमा राखिएको थियो। हवाईमार्गबाट जाने स्पष्ट भए पनि अन्तिम समयसम्म उनी कुन विमानमा सिङ्गापुरमा अवतरण गर्छन् भन्ने जानकारी दिइएको थिएन।

यसपटक किम आफ्नो निजी रेल चढेर प्योङ्याङबाट सीमावर्ती डान्डोङ हुँदै चीन प्रवेश गरिसकेको र त्यहाँबाट रेलमार्ग हुँदै भियतनाम जाने जनाइएको छ । किम डान्डोङ स्टेशनमा ओर्लिएर आफैँ गाडी हाँकेर १७० किलोमिटर पर रहेको हनोई जाने पनि कतिपय संचारमाध्यमले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किमलाई हनोई पुग्न साढे दुई दिन लाग्न सक्छ। उनी सोमवार भियतनाम पुग्ने अपेक्षा गरिएको छ। सोझै रेलबाट वा दोङ दाङमा ओर्लिई कार चढेर हनोई जाँदा यात्राको समय फरक पर्न सक्छ। पूरै यात्रा रेलबाट गरे झन्डै तीन रात लाग्नेछ। प्योङ्याङबाट बेइजिङ पुग्न २४ घण्टाभन्दा कम र बेइजिङबाट हनोई पुग्न दुई दिनजति लाग्छ। उनको रेलको गति १६० किलोमिटर प्रतिघण्टाभन्दा बढी हुने सम्भावना छैन।

किमका बुवा किम जङ-इल र हजुरबुवा किम इल-सङलाई विमानमा उड्दा डर लाग्ने गरेको बताइन्छ। उनीहरू हवाईयात्रा गर्दैनथे।गत जुन महिनामा ट्रम्पसँग वार्ता गर्न किम एअर चाइनाको विमान चढेर सिङ्गापुर गएका थिए। उनलाई आफ्ना पूर्वजको जस्तो समस्या नभएको देखिन्छ।

तर किमको रेलमा कार्यकक्ष, विश्रामकक्ष र शयनकक्ष भएको हुने भएकाले विमानबाट भन्दा रेलबाट यात्रा गर्दा धेरै सजिलो हुने जनाइएको छ । रेलमा उनलाई यताउता गर्न पर्याप्त ठाउँ हुन्छ र धेरै काम गराउन सक्छन् एवम् आरामपूर्वक गन्तव्यमा पुग्न सक्छन्।

वार्ताका लागि भियतनाम धेरै कारणले उपयुक्त स्थान हो। भियतनामको अमेरिका र उत्तर कोरिया दुवैसँग कूटनीतिक सम्बन्ध छ।

पहिला अमेरिका र भियतनामको शत्रुवत् सम्बन्ध थियो। तर पुरानो तिक्ततालाई त्यागेर सँगै मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण अमेरिकाले भियतनामसँगको वर्तमान सम्बन्धबाट दिने गरेको छ।

भियतनाम र उत्तर कोरिया कम्युनिस्ट शासन भएका देश हुन्। तर भियतनाममा तीव्र गतिमा विकास भएको छ र उसलाई एशियामा चाँडै उँभो लागिरहेको एउटा अर्थतन्त्रका रूपमा लिइन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com