६ सांसदसहित आम नरसंहार गर्ने योजना बनाएको भन्दै अमेरिकी सेनाका लेफ्टिनेन्ट पक्राउ


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

आम नरसंहारको योजना बनाएको योजनामा अमेरिकी सेनाका लेफ्टिनेन्टलाई हातहतियार र लागुऔषतको अभियोगमा पक्राउ गरिएको छ । मेरिल्याण्ड सिल्भर स्प्रींगका ४९ बर्षीय क्रिस्टोफर पल हसन अमेरिकी कोस्ट गार्डमा लेफ्टिनेन्ट रहेका थिए ।

श्वेत सर्बोच्चताको पक्षधर उनको नरसंहारको सुचीमा कैयन उच्चपदस्थ डेमोक्र्याट्सहरु रहेको अभियोग लगाइएको छ । सीएनएन र एमएसएनबीसीका पत्रकारहरु समेत उनको सुचीमा रहेको जनाइएको छ ।

न्युयोर्ककी डेमोक्रेटिक सांसद अलेक्जेण्ड्रीया ओकासियो कोर्टेज, न्युयोर्क सिनेटर चक शुमर, न्युजर्सीका कोरी बुकर, कनेक्टिकटका रिचार्ड ब्लुमेन्थल, क्यालिफोर्नियाकी कमला ह्यारिस, टेक्सासका सांसद बेटो राउर्के, सीएनएन पत्रकार डोन लेमन, क्रिस कुमो, भान जोन्स, एमएसएनबीसीका पत्रकार क्रिस हायस, अरी मेल्बर, जो स्कारबोरो लगायतमाथि आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ ।

हसनले अतिबादी र श्वेत सर्बोच्चताको विचारलाई पक्षपोषण गर्नुका साथै ७७ जनाको हत्या गर्ने गरी आतंकवादी हमलामा दोषी पाइएका एकजना नर्वेजिएनको घोषणालाई समर्थन गरेको अदालती कागजातमा दावी गरिएको छ । हसनले आक्रमणको लागि आफूलाई तयार पार्न मानव विकाशित हर्मोन भण्डारण गरेर राखेको समेत सरकारी आरोप छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालती कागजातमा हसनलाई घरेलु आतंकवादी रहेको आरोप लगाइएको छ । वासिंटनको कोस्ट गार्ड मुख्यालयमा सकृय ड्युटीमा रहेका हसन पूर्व मरिन समेत रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com