मदुरोको साथ छोड्न भेनेजुएलाको सेनालाई ट्रम्पको आग्रह


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई सिधै एउटा आग्रह गर्दै राष्ट्रपति निकोलस मदुरोको साथ छाड्न भनेका छन्। मायामीमा धेरैजसो क्युवा र भेनेजुएलाका आप्रवासीहरु जुटेको सभामा बोल्दै ट्रम्पले मदुरोलाई साथ दिनेहरुमाथि ‘पूरा विश्वको ध्यान रहेको’ बताए।

उनले त्यसलाई निरन्तरता दिएर आफ्नो ज्यान र भविष्य जोखिममा नपार्न आग्रह पनि गरे। ट्रम्पले त्यहाँका सेनालाई लक्षित गर्दै भनेका छन्, मदुरोलाई गरिरहेको समर्थन नछाडेमा उनीहरुले अन्तिममा कुनै सुरक्षित बाटो पाउने छैनन्। अर्को कुनै बाटो नै छैन।

ट्रम्पले ‘आफ्नो सबथोक गुमाउने जोखिम नउठाउन’ भेनेजुएलाको सेनालाई चेतावनी पनि दिए। ट्रम्पको उक्त भनाइ आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोप्रति सरकारी अधिकारीको विश्वाश र साथ बढाउने एउटा नयाँ कदम मानिएको छ।

ग्वाइदोलाई अमेरिका लगायत दर्जनौं देशले अन्तरिम राष्ट्रपतिका रुपमा स्वीकार गरेका छन्। उनले सम्बोधन गरेको क्षेत्र भेनेजुएलाबाट पुगेका दशौं हजार आप्रवासीहरुको क्षेत्र हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीमध्ये धेरैजसो मदुरो र उनका पूर्ववर्तीको चपेटामा परेको बताउँछन् र ग्वाइदोप्रति उच्च समर्थन एवम् सद्भाव राख्छन्। फ्लोरिडामा समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, अमेरिकाले भनेजुएलामा अर्को चुनावसम्मको संक्रमण शान्तिपूर्ण होस् भन्ने चाहेको छ।

उनले अन्य सबै विकल्पहरु समेत खुला रहेको बताए। राष्ट्रपति मदुरोले मानवीय सहायता ‘अमेरिकी अतिक्रमण ढाक्न भएको’ भन्दै त्यसलाई देशभित्र छिर्न नदिने बताउँदै आएका छन्।

ट्रम्पले त्यहाँ भेनेजुएलाको सरकारलाई ‘असफल तानाशाही’को संज्ञा दिँदै आलोचना गरेका थिए। उनले मदुरोलाई ‘क्युबाको कठपुतली’ भन्दै उनको ‘सत्तामा रहेका सीमित व्यक्तिहरुले राज्यको सम्पत्ति चोरेर अन्यत्र लुकाएको’ आरोप लगाए। ट्रम्पको यस्तो भनाईले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि थप दबाब बढ्ने ठानिएको छ।

तर मदुरो बढ्दो अन्तर्राष्ट्रिय दबाबका बीच पनि सत्ता छाड्ने वा नयाँ निर्वाचन गराउने दुवै विकल्प रोज्न तयार देखिंदैनन्।

विपक्षी नेता ग्वाइदोले समेत एक महिनायता सेनालाई नयाँ चुनाव र संक्रमणकालीन सरकारलाई साथ दिन आग्रह गरिरहेका छन्। कोलम्बियाको सीमा शहर कुकुटा पुगेको अमेरिका तथा अन्य देशहरुले पठाएका मानवीय सहायता शनिवारसम्म देश भित्र्याएर बाँड्न लाखौं स्वयम्‌सेवक परिचालन गर्ने बताइएको छ।

तर त्यसको समन्वय गरिरहेका इन्टरनेट सामग्रीहरु त्यहाँको सेवा प्रदायकले बन्द गरिदिएको छ। राष्ट्रपति मदुरोले त्यस्तो सहायता ‘अमेरिकी अतिक्रमण ढाक्न भएको’ भन्दै त्यसलाई देशभित्र छिर्न नदिने बताउँदै आएका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com