अमेरिकाका १६ राज्यबाट ट्रम्पको संकटकालबिरुद्ध मुद्दा दायर


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

अमेरिकाका १६ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको संकटकालबिरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । सोमबार साँझ नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियामा मुद्दा दायर गरिएको हो ।

१६ राज्यको नेतृत्व गर्दै क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेसेराले मुद्दा दायर गरेका हुन् । आफूहरुले ट्रम्पलाई संविधानको उल्लंघन गर्नबाट रोक्न मुद्दा दायर गरेको उनले बताएका छन् ।

कोलोराडो, कनेक्टिकट, डेलावर, हवाई, इलिनोय, मैन, मेरिल्याण्ड, मिसिगन, मिनेसोटा, नेभाडा, न्युजर्सी, न्यु मेक्सिको, न्युयोर्क, ओरेगन, भर्जिनियाका महान्यायाधिवक्ताले मुद्दा दायरका लागि क्यालिफोर्नियाका महान्यायाधिवक्तालाई साथ दिएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल लगाउनका लागि मुलुकमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । संसदले पर्खाल निर्माणका लागि बजेट विनियोजन नगरेपछि ट्रम्पले संकटकाल लगाएका हुन् ।

सन् १९७८ र सन् २०१८ को बीचमा अमेरिकामा ५८ वटा राष्ट्रिय संकटकालहरु लगाइएको छ । जसमध्ये ३१ वटा संकटकालहरु अहिले पनि सकृय नै छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com