कश्मिर घटनापछि आलोचित बनिरहेको पाकिस्तान भ्रमणका लागि साउदी राजकुमार आईपुगेका छन् ।साउदी राजकुमार मोहम्मद बिन सलमान औपचारिक भ्रमणका लागि पाकिस्तान आईपुगेका हुन् । उनलाई प्रधानमन्त्री इमरान खान स्वंयमले लिन गएका थिए ।
उता साउदी राजकुमार पाकिस्तान पुग्नु भन्दा केही घण्टा अगाडी नै बलुचिस्तानमा पाकिस्तानी सेनामाथि पनि आत्मघाती हमला भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाबाट ९ सेनाको ज्यान जानुको साथै ११ जना घाईते भएको पनि बताईएको छ । दि बलूचिस्तान पोस्टका अनुसार उक्त घटनाको जिम्मेवारी बलूच राजी अजोई संगर संगठनले लिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।