अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेस बैंकले आफ्नै क्रिप्टोकरेन्सी सुरुवात गर्ने भएको छ । जेपीएम क्वाइन नाम दिइएको उक्त क्रिप्टोकरेन्सी बिटक्वाइन वा अन्य क्रिप्टोकरेन्सीजस्तो ब्यापार भने नहुने जनाइएको छ ।
ग्राहकहरुलाई लाग्ने शुल्क र जोखिम कम गर्न क्रिप्टोकरेन्सीको विकाश गरिएको चेस बैंकले जनाएको छ । यो बैंकले हरेक दिन ग्राहकहरुको तर्फबाट विश्वमा ट्रिलियन डलर परिचलान गर्दै आएको छ ।
सुरुमा चेस बैंकको क्रिप्टोकरेन्सी व्यक्तिका लागि उपलब्ध नहुने तर मुख्य संस्थागत ग्राहकका लागि उपलब्ध हुने जनाइएको छ । तर बर्षको अन्त्यसम्म अन्य ग्राहकका लागि समेत विस्तार गरिने जनाइएको छ । यस्तो प्रकारको डिजिटल सिक्काको पहिलोपटक सफलताका साथ परिक्षण गर्न सफल चैस बैंक पहिलो अमेरिकन बैंक हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।