नक्कली डकुमेन्ट पेश गरि भिसा लिने १ जापानी सहित ५ नेपाली पक्राउ


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

किर्ते कागजात पेश गरी भिसा नविकरण गरेको आरोपमा १ जापानी नागरिक सहित ५ जना नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिसा एप्लाई गर्दा गलत कागजात पेश गरेको अभियोगमा ५ नेपाली महिला र पुरुष पक्राउ परेको अल निप्पोन न्यूज नेटवर्कमा प्रसारित समाचारमा उल्लेख गरिएको छ । समाचार अनुसार टोकियो महानगरिय प्रहरीले उनिहरुलाई अबैध रुपमा जापान बसेको आरोपमा पक्राउ गरेको हो ।

यसमा सहयोग गर्ने एक जापानी समेत पक्राउ परेका छन् । समाचार अनुसार पक्राउ परेका नेपालीहरुलाई गलत कागजात बनाएर भिषा लगाउन सहयोग गर्दै आएका ५७ बर्षिय इसाओ हायासाकाका नाम गरेका एक जापानी नागरिकलाई समेत पक्राउ गरिएको छ । उनी बिदेशी कामदारहरुलाई जापानमा काम लगाईदिने (हाकेन) कम्पनीमा कार्यरत पूर्व कर्मचारी भएको बताइएको छ ।

पक्राउ परेका ५ नेपालीहरुबारे विस्तृत जानकारी नदिइएपनि उनीहरुले हरुले गत बर्ष भाषा अनुवादक, अनुवाद गर्ने कामको लागि भिषा पाएका थिए तर काम भने गोदाममा गर्दै आएको समाचारमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महानगरिय प्रहरीका अनुसार हासायाकाले गत वर्षको मे महिनामा ती नेपाली युवा युवतीको भिसा नविकरणका लागि किर्ते कागजात बनाउन सहयोग गरेका थिए ।

गलत कागजात बनाएर भिषा लगाईदिने काम गर्दै आएका जापानी नागरिकले उनिहरुसँग मोटो रकम लिने र उनिहरुलाई काम लगाईदिने कम्पनीबाट समेत रकम लिइ तीन बर्षको बिचमा करिब एक करोड येन भन्दा बढि यस्तो कामबाट कमाएको प्रहरीको अनुमान छ ।

हासायाकाले कम्पनीहरुलाई विदेशी कामदारहरु उपलब्ध गराएबापत ती कम्पनीहरुबाट कामदारहरुको तलवको ३० प्रतिशतले हुन आउने कमिशन रकम प्राप्त गर्दै आईरहेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका ५ नेपाली युवाहरुको घटना सेलाउन नपाउँदै जापानमा फेरि अर्का ५ नेपालीहरु पक्राउ परेको खबर सार्वजनिक भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com