तीन दशक यताकै ठूलो रक्तपात हुने गरि काश्मिर आक्रमण, प्रधानमन्त्री मोदी रिसले चुर


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ ।

भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ ।

छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । उक्त आक्रमणमा परी करिब ४१ जना सैनिकको मृत्यु भएको थियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । सैनिक सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।

मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्ककारी समूह र उनका मालिकहरुले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनु पर्ने बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कुरा बताएका हुन् । तर उनले के कारबाही गर्ने भन्नेबारेमा केही बताएएनन् ।

‘हाम्रा छिमेकी मुलुकले हाम्रो देशमा यस्ता घृणित कार्य र छलकपट मार्फत अस्थिरता सिर्जना गर्दछु भन्ने सोचेको भए त्यो उनीहरुको दुःस्वप्न मात्र हो । तिनीहरु कहिल्यै सफल हुने छैनन्,’ प्रधानमन्त्री मोदीले भने ।
वित्तमन्त्री अरुण जेट्लीले समेत यस आक्रमणमा पाकिस्तानको संलग्न रहेकामा कुनै आशंका नरहेको बताए । उनले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्ण रुपमा अलग्याउन भारतले सबै किसिमका प्रयत्न गर्ने पनि जानकारी दिए । पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ ।

‘भारतीय सञ्चार माध्यम र सरकारले काश्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य छ, र कुनै किसिमको अनुसन्धान बेगर पाकिस्तान विरुद्ध भारतले आरोप लगाउनु दुःखद हो,’ पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्तराज्य अमेरिकाले पनि काश्मिर घटनाको भत्र्सना गर्दै सबै मुलुकले ‘आतङ्ककारीहरुलाई सुरक्षित स्थान उपलब्ध गराउने र मद्दत गर्ने कार्यहरु बन्द गर्न’ आग्रह गरेको छ ।

केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का जवान बोकेका दुईवटा नीला बस आक्रमणको निशानामा परेका थिए । विस्फोटक पदार्थले भरिएको भ्यानले गरिएको आत्मघाती आक्रमणको आवाज धेरै माइल टाढासम्म सुनिएको थियो । ‘पहिलो बसमा सबार सबैजसो जवानको मृत्यु भयो’ नाम नबताउने शर्तमा एक जना उच्च प्रहरी अधिकारीले बताए । –एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com