बिहानी रेल सेवा प्रयोग गर्ने यात्रुले निशुल्क खाजा पाउने


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

जापानमा बिहानी रेल सेवा प्रयोग गर्ने यात्रुले निशुल्क खाजा खान पाउने भएका छन् ।तर यो सेवा जापानभर भने होईन । यो सेवा तोजाइ लाइन नाकानोबाट चिवाको फुनाबासीसम्म यात्रा गर्ने यात्रुहरुले मात्र पाउने भएका हुन ।

राजधानी टोकियो र चिवा प्रिफेक्चरबिच चल्ने मेट्रो लाइन तोजाईले आफ्ना यात्रुहरुको लागि यस्तो योजना ल्याएको हो ।कार्यालय समयमा यात्रुहरुको चाप थेग्न मुस्किल परेपछि तोजाई लाईनले बिहानी रेलसेवा प्रयोग गरेमा त्यस्ता यात्रुलाई खाजा निशुल्क उपलब्ध गराउने भएको छ ।

बिहान काममा जाने समय र फर्कने समयमा यात्रुहरुको भिडभाडलाई व्यवस्थित बनाउन रेल कम्पनीले नयाँ जुक्ती लगाएर खाजा खुवाउने उपाय लगाएको हो । त्यसो गर्दा यात्रुहरुले नियमित समयभन्दा केही अगाडि रेल प्रयोग गरेमा खाजा पनि पाउने र भिडभाड हुने समयमा यात्रुहरुले सजिलै यात्रा गर्न पाउन् भन्ने उदेश्यले यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

जापानमै अत्यधिक यात्रु चाप हुने सव वे मेट्रो लाईन रेल सेवाको रुपमा तोजाई लाईन चिनिन्छ । जापानमा दैनिक अनुमानित ७२ लाख यात्रुले राजधानी टोकियोमा वे मेट्रोलाइन प्रयोग गर्ने गर्दछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो चरणमा तोजाई लाईनले यात्रु चाप कम गर्न आगामी दुई साता क्याम्पेनका रुपमा यात्रुलाई बिहानी खाजा उपलब्ध गराउने भएको छ ।खाजा उपलब्ध गराउने योजना संख्या हेरेर फेरिने भएको छ । जति धेरै संख्या बढ्छ त्यसै अनुसार राम्रो खाजा उपलब्ध गराईने भएको हो ।

दुई साताको अवधिमा कम्तीमा दुईहजार जना यात्रुले सो समयमा रेल प्रयोग गरेमा निःशुल्क टेम्पुरा पाउनेछन् । २ हजार ५ सय जना पुगेमा सोभा फापरबाट बनेको नेपाली चाउमिन जस्तै जापानी नुडल्स पाउनेछन् ।यात्रु संख्या ३ हजार पुगेमा कम्बो सोभा र टेम्पुरा पाउनेछन् ।

तोजाई लाईनको निशुल्क खाजा अफर कम्पनी आफैंले भन्दा पनि टोकियो मेट्रो सरकारले गर्न लागेको हो । तोजाई लाईनमा यात्रुको चाप अत्यधिक भएको गुनासो आएपछि टोकियो मेट्रो सरकारले खाजा उपलब्ध गराएर यात्रुलाई चापको समय अघि वा पछि सेवा प्रयोग गर्न प्रोत्साहन गर्न लागेको हो ।

खाजा व्यवस्था सहितको यो अफरमा करीव एक हजार व्यवसायिक प्रतिष्ठानहरुले आफ्ना कर्मचारीलाई सहभागी गराउने भएका छन् । हालको समयमा भन्दा अघि नै कार्यालय समय सुरु गरेर कार्यालय बिदाहुने औषत समय अघि बिदा गर्दै अभियानमा कर्मचारीलाई सहभागी गराइने कम्पनीहरुले बताएका छन् ।टोकियो मेट्रो सरकारले दुई हप्ताको परिक्षण अवधिपछि यात्रुहरुको सहभागीताको आधारमा थप योजना सार्वजनिक गर्ने जनाएको छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com