सेभेन इलेभेनमा १ सय येनको कप किनेर १५० को कफि पिएको आरोपमा पक्राउ


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

जापानमा कफि एकदमै सस्तो मूल्यमा पाइन्छ । केही केही कन्भिनियन्स स्टोरले त सम्पूर्ण कफिको मज्जा अन्य पसलमा एउटा कफि पाइने मूल्यमा समेत विक्री गरिरहेका हुन्छन् । त्यस्ता कन्भिनियन्स स्टोरहरुमा एक सय येनमा समेत कफि पाइन्छ । तपाइले क्याश रेजिष्टरमा गएर आफूले कुन कफि खाने हो त्यसको रकम तिर्नुपर्छ र कप लिएर कफि मेशिनमा गएर भर्नुपर्छ । यहाँ यस्तो किसिमको नियम छ । क्युशुको नाकागावा शहरका ६२ बर्षिय एक पुरुष कर्मचारी आफूले जुन कफिका लागि रकम तिरेको हो त्यसको सट्टा १ सय ५० येन पर्ने क्याफे ल्याट्टे कपमा खन्याएको आरोपमा पक्राउ परेका छन् ।

१ सय येनको कपमा १५० येन पर्ने कफि भरेकै कारण उनी पक्राउ परेका जापानी संचारसंस्था एनएचकेले आफ्नो समाचारमा लेखेको छ ।

स्टोरका नियमित ग्राहक उनले शुरुमा आफूले कफि मेशिनको गलत बटन दबाएका कारण यस्तो भएको भन्ने स्टोरका मालिकलाई बताएका छन् । तर प्रहरी आउने वित्तिकै उनले आफ्नो बयान बदल्दै जानी जानी यस्तो आफूले धेरै पटक गरेको बताएका थिए । हालसम्म कति पटक बढि पैसाबराबरको कफि पिए भन्नेबारेमा उनीमाथि थप अनुसन्धान जारी छ ।

यसअघिका समयमा उनले धेरै पटक यस्तो गरेको स्टोरका कर्मचारीले बताएका छन् । यसअघि भने कर्मचारीहरुले उनीमाथि ध्यान दिइरहेको र यो पटक भने पक्राउ परेको उनीहरुले बताए ।

यसबाट ती व्यक्तिले चाहे १ येन होस् वा ५०, येन चोरी त आखिर चोरी नै हुने शिक्षा पाएको कर्मचारीहरुले आशा लिएका छन् । सेभेन इलेभेनका कफि मेसिनहरुमा थप लेभलहरु राखिनुपर्ने भन्दै इन्टरनेट प्रयोगकर्ताहरुले भने यसलाई जोकका रुपमा लिएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com