अमेरिकाद्वारा भेनेजुएलाका विपक्षी नेतालाई ‘अन्तरिम राष्ट्रपति’को मान्यता


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्प भेनेजुएलाका नेता हुवान गुएइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका छन् । ३५ वर्षीय गुएइदोले राजधानी काराकासमा आफूलाई भेनेजुएलाको ‘निमित्त नेता’ घोषणा गरेलगत्तै ट्रम्पले उनलाई समर्थन गरेका हुन्।

तर राष्ट्रपति निकोलस मडुरोले पछिल्लो घटनाक्रमपछि अमेरिकी कदमको कडा आलोचना गरेका छन्। उनले अमेरिकासितको- कूटनीतिक सम्बन्ध तोडिदिने चेतावनी दिँदै त्यो देशका कूटनीतिज्ञहरूलाई २४ घन्टाभित्र भेनेजुएला छोड्न आदेश दिएका छन्।

दक्षिण अमेरिकाका अन्य देशहरू, ब्राजिल, कोलम्बिया र पेरुले पनि गुएइदोलाई भेनेजुएलाको वैध राष्ट्रपतिको मान्यता दिएका छन्। वर्तमान राष्ट्रपति निकोलस मडुरोविरुद्ध देशभरि लाखौँ मानिसहरूले प्रदर्शन जारी राख्दा त्यहाँ नयाँ संक्रमणलाई विदेशी शक्तिहरूले समर्थन गरेका हुन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com