भिक्टोरियामा किशोरीमाथी यौन हिँसा गरेको आरोपमा पुलिस असिफ़रलाई कैद, जागिरबाट बर्खास्त


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

अष्ट्रेलियाको भिक्टोरियाका एक पुलिस अफिसरलाई भिक्टोरिया कन्ट्री अदालतले १० महिनाको जेल सजाय सुनाएको छ । विक्रम गोपीनाथ नाम गरेका ती पुलिस अफिसरलाई जागिरबाट पनि बर्खास्त गरिने बताइएको छ ।

२९ वर्षीय गोपीनाथ मिल्डुरा थानामा रहंदा एक किशोरीसंग उनको भेटघाट भएको थियो । सन् २०१६ मा एक घटनाको समयमा उनीहरुबीच भेटघाट भएको थियो । त्यसपछि ती किशोरीले सामाजिक संजाल मार्फत पिडितको सहयोग गरेकोमा गोपीनाथलाई धन्यवाद दिइन् ।

गोपीनाथले ती किशोरीलाई संदेश पठाउन थाले । किशोरीले पनि रिप्लाई गर्न थालिन् र फेसबुक तथा स्न्यापच्याटमा उनीहरुको निरन्तर कुरा भयो । त्यसपछि उनीहरुको भेटघाट हुँदा गोपीनाथले किशोरीलाई जबर्जस्ति छोएको, चुम्न खोजेको किशोरीले बताएकी छिन् । यसको साथै गोपीनाथले पछिल्लो समय लगातार अश्लिल फोटोहरु पठाएका थिए ।

यो घटना पछि २०१७ मा ती किशोरीले पुलिसमा गोपीनाथको विरुद्धमा उजुरी गरेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Source : https://www.sbs.com.au

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com