किन उत्तर कोरियाका वरिष्ठ सैन्य अधिकारी किम योङ चोल संयुक्त राज्य अमेरिका गए ?? (भिडिओ)


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ लाग्नु भएको छ । उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल किम योङ चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिनुहुन्छ । उहाँ उत्तर कोरियाली नेता किम जोङ उनको विश्वास पात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी हुनुहुन्छ । उत्तर कोरियाली सैन्य अधिकारीको रुपमा भएको यो अमेरिकी भ्रमणलाई एक दुर्लभ भ्रमणका रुपमा लिइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ् उनबीच आगामी केही समयभित्रै द्विपक्षीय शिखर वार्ता हुने बताइएको छ ।

उहाँहरुबीच हुन लागेको दोस्रो शिखर वार्ताको तयारीको साथै कोरियाली प्रायद्वीपमा निःशसस्त्रिकरण र दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि उत्तर कोरियाली उच्च अधिकारीको वासिङ्टन भ्रमण हुन लागेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चोलले शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गर्ने बताइएको छ । चोल र पोम्पेओबीचको भेटवार्ताको समयतालिका भने दिइएको छैन ।

पोम्पेओले बिहानको खानाको लागि किमलाई निम्ता गर्नुभएको र यसपछि दुवैजना ह्वाइट हाउसतर्फ जाने बताइएको छ । किमको गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो ।

किम जोङ उनले नयाँ वर्षको शुभकामनाको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएपछि पुनःसम्बन्धका नयाँपन आएको थियो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो ।
संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताका विषयमा पत्रमा चर्चा गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो चरणको वार्ता निकट भविष्यमा हुन लागेको बताइएको छ ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो ।

सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर वार्ता हुने भनिएको भएपनि अहिले सम्म आयोजना हुन सकिरहेको छैन । तर अमेरिकी सञ्चारमाध्यमहरुले जर्नेल चोलको यो भ्रमणपछि दुई देशबीचको आगामी शिखर वार्ताको मिति तय हुने अनुमान गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com