श्रीदेवीको मृत्युमा आधारित फिल्मको टिजर सार्वजनिक, विवादमा प्रिया प्रकाश
प्रकाशित मिति : माघ १, २०७५ मंगलबार
सन् २०१८ मा एक सानो भिडियो क्लिप भाइरल भएपछि रातारात सेलिब्रेटी बनेकी प्रियां प्रकाश हिंदी फिल्ममा डेब्यू गर्ने तयारीमा छिन्।
उनी चाडै फिल्म श्रीदेवी बंग्लो मा देखिने छिन्। यस चलचित्रको टिजर सार्वजनिक समेत भएको छ। यस फिल्मको टिजर रिलिज भएपछि प्रिया प्रकाशको सामाजिक सञ्जालमा ट्रोल आउन थालेका छन्।
यस चलचित्र बलिउड अभिनेत्री श्रीदेवी र उनको दुर्घटनावस भएको मृत्युमाथि आधारित रहेको छ। हालै सार्वजनिक भएको टिजरमा श्रीदेवीलाई न कोही सम्झिएको छ न त उनको कथामा आधारित भनेर कतै उल्लेख गरिएको छ। यसै कुरालाई लिएर प्रिया प्रकाश ट्रोल भएकी हुन्।
चर्चित बलिउड अभिनेत्री श्रीदेवीको केही समयअघि बाथटपमा डुबेर मृत्यु भएको थियो। उनको मृत्युको कारण अहिले पनि रहस्यमय छ।
https://youtu.be/5OC5vh1ioks





