क्यानडा लेखिएको टिसर्ट लगाएर शरण दिने देश पुगिन् साउदी युवती, मन्त्रीले भनिन्, ‘निकै साहसी नयाँ क्यानाडेली’


प्रकाशित मिति : पुस २९, २०७५ आईतबार

धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएपछि उनी हाँसीहाँसी क्यानडा पुगेकी छिन् । उनको क्यानडा लेखिएको खैरो हुक र युएनएचसीआर अंकित क्याप लगाएको तस्बिर विभिन्न सचार माध्यमले सार्वजनिक गरेका छन् ।

राहफ मोहम्मद अल कूनन, १८, बैंककमार्फत अष्ट्रेलिया भाग्ने कोसिसमा थिइन् । तर बैंककको एयरपोर्टमा फसेपछि उनलाई उनको परिवारले कुरिरहेको कुवेतमा फिर्ता पठाइने सुरुमा बताइएको थियो ।

उनी आफ्नो परिवार भएठाउँ कुनै पनि हालतमा नफर्कने जिद्दीसहित आफूलाई एयरपोर्टको होटल रुममा थुनिन् र सोसल मिडियामार्फत आफ्नो स्थितीबारे जानकारी दिइन् । उनको मुद्दाले अन्तरराष्ट्रिय ध्यान खिचेको थियो ।

आफूले इस्लाम त्योगेको उनले बताएकी थिइन् । साउदी अरेबियामा आफ्नो धर्म त्याग्नुको अर्थ मृत्युदण्ड हो ।

क्यानडाकी विदेश मन्त्री क्रिस्टिया फ्रिल्यान्डले ती किशोरीलाई ‘निकै साहसी नयाँ क्यानाडेली’ । उनका अनुसार अल–कुनन आफ्ना लामो यात्रापछि निकै थाकेका कारण शनिबार कुनै सार्वजनिक बयान दिनसक्ने अवस्थामा छैनन् ।

‘उनी निकै साहसी युवती हुन् जसले धेरै कुरा सहेकी छिन् । अब उनी आफ्नो नयाँ घर जाँदै छिन्,’ उनले भनिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com