जागिरको लोभमा नेपाल प्रवेश गरेका पाकिस्तानी सेनाका लेफ्टिनेन्ट कर्णेल मोहम्मद जाहिर कता छन् ?


प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार

२०७४ साल बैशाखमा लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर कहाँ छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा बेपत्ता पारिएका भनिएका कर्णेल हबिब जागिरको लोभमा नेपाल प्रवेश गरेका थिए ।

त्यति बेला हबिबलाई मार्क थमसन नामका व्यक्तिले बेलायतको फोन नम्बर ००४४७४५१२०३७२२ बाट फोन गरी अन्तर्वार्ताका लागि नेपाल बोलाएको खुलेको थियो ।

पाकिस्तानले उक्त नम्बरको बारेमा अनुसन्धान गर्न पाकिस्तानी दूताबासले नेपाल प्रहरीलाई आग्रह गरेपछि प्रहरीको विशेष ब्यूरोले सो बारेमा अनुसन्धान समेत गरेको थियो । तर, अहिलेसम्म पनि हबिबको अवस्थाको बारेमा केही पत्ता लागेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाकिस्तानले सुरुदेखि नै ‘रअ’ले जागिरको लोभमा पूर्व कर्णेललाई फसाएर अपहरण गरेको आरोप लगाउँदै आएपनि नेपालले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

यद्यपी नेपाल प्रहरीले भने हबिबको खोजी भइरहेको बताउँदै आएको छ । स्रोतका अनुसार पाकिस्तानी राजदूतले कर्णेल हबिबको बारेमा बुझिदिन नकेपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि प्रधानमन्त्री कार्यालयसम्म निरन्तर सम्पर्क गरिरहेका छन् ।

पाकिस्तानले अवकाश प्राप्त कर्णेललाई नेपालको विमानस्थलमा एक भारतीय नागरिकले रिसिभ गरेको फुटेज प्राप्त गरेको जानकारी नेपाल प्रहरीलाई दिए पनि त्यसको पुष्टि भने हुन नसकेको प्रहरी स्रोतले बतायो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com