परिवारबाटै हत्या हुने डरले भागेकी रहाफलाई संयुक्त राष्ट्रसंघले दियो शरणार्थीको मान्यता


प्रकाशित मिति : पुस २५, २०७५ बुधबार

बीबीसी – इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने दाबी गर्दै भागेर थाईल्यान्ड पुगेकी साउदी युवतीलाई संयुक्त राष्ट्र्सङ्घले शरणार्थीको मान्यता दिएको अस्ट्रेलिया सरकारले जनाएको छ।

अठार वर्षीया रहाफ मोहम्मद अल–कुकुनले केही गत सप्ताहान्तदेखि संयुक्त राष्ट्रसङ्घ र विभिन्न देशसँग आफूलाई शरण दिन आग्रह गरिरहेकी थिइन्।

गत सप्ताहान्त शरण खोज्न कुवेतबाट भागेर अस्ट्रेलिया जान लागेकी मोहम्मद अल–कुकुनलाई थाईल्यान्डको विमानस्थलमा नियन्त्रणमा लिइएको थियो।

थाई अध्यागमनको नियन्त्रणमा परेपछि ट्विटरबाट उनले आफू र त्यहाँ भएका घटनाक्रमबारे अविच्छिन्न रूपमा जानकारी दिन थालिन् र पूरै विश्वको ध्यान आकर्षित गरिन्।

थाई अधिकारीहरूले सोमवार उनलाई कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए। तर आफू असुरक्षित भएको भन्दै उनले नजाने अडान लिएकी थिइन्।

सोमवार साँझ उनलाई संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीएचआरको संरक्षकत्वमा सुवर्णभूमि विमानस्थलबाट बाहिर जाने अनुमति दिइएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com