कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ ।

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्को चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको छ । तर त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छैन ।

अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन । स्थान र मिति तय गर्ने बारेमा तयारी भइरहेको जानकारी भइरहेको छ ।

आइतबार ह्वाइट हाउसको बाहिर जम्मा भएका समाचारदाताहरुलाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भने– उत्तर कोरिया सँगको सम्बन्ध राम्रै गतिमा अघि बढिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पलाई उद्धृतगर्दै अमेरिकी टेलिभिजन  सिएनएनले भनेको छ– उत्तर कोरियासँगको सम्बन्ध राम्रो हुदै गएको छ, हामीले राम्रोसँग वार्ताहरु अघि बढाइरहेका छैनौँ, अहिले कुनै रोकावट छैन, हामीले आपसमा निकै राम्रो गरिरहेका छौँ ।

तर उत्तर कोरियामाथिको नाकाबन्दी भने जारी नै रहनेछ, त्यो पूरा गति र प्रभावमा नै कायम रहने छ– राष्ट्रपति ट्रम्पले भन्नुभएको भन्दै उक्त टेलिभिजनमा प्रसारण गरिएको छ ।

यसै हप्ताको शुरुमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेताले आफूलाई एक पत्र पठाएको खुलासा गरेका छन् । किमको पत्रपछि पनि आपूmहरुबीच वार्ता भएका र त्यसबाट छिट्टै नै अर्को अथवा दोस्रो चरणको वार्ताका लागि तयारी गरिने उनले बताएका थिए ।

तर उत्तर कोरियाले भने सिंगापुरमा पहिलो चरणको वार्तामा भएका प्रतिबद्धताहरुको कार्यान्वयनमा अमेरिकी पक्षबाट कुनै पनि प्रगति नभएको भन्दै यदि त्यसो भएमा आफ्नो तर्फबाट भएको निशस्त्रीकरणको प्रयासको प्रगति पनि रोकिने बताएको थियो ।

उत्तर कोरियाली नेता किमले नयाँ वर्षका अवसरमा दिनुभएको सन्देशमा अमेरिकाको तर्फबाट उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी हटाउने तथा अन्य कार्यक्रममा कुनै प्रगति नभएको भन्दै यदि त्यस्तो भयो भने आफूहरुको प्रतिबद्धताहरु पनि पूरा गर्नुपर्छ भन्ने नरहेको स्पष्ट गरेका थिए ।

तर त्यसपछि विकसित परिस्थितिका कारण यी दुई देशबीच अर्को चरणको बैठक हुने देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com