अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा पर्खाल निर्माण गर्न राष्ट्रिय संकट घोषणा गर्ने चेतावनी दिएका छन् । उनले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गर्नेसमेत बताए ।
वरिष्ठ डेमोक्र्याट नेताहरूसँगको कुराकानीपछि उनले यस्तो बनाएका हुन् । भेटका क्रममा डेमोक्र्याट नेताहरूले सीमा पर्खाल निर्माणका लागि बजेट दिन अस्वीकार गरका थिए । डेमोक्र्याटहरूसँग विवाद बढेपछि राष्ट्रपति ट्रम्पले संघीय सरकारको खर्च बन्दी वर्षौंसम्म लम्बाउनेसमेत चेतावनी दिए ।
पर्खाल बनाउने पैसा कंग्रेसले उपलब्ध नगराए आफूले बजेटसम्बन्धी विधेयकमा समेत हस्ताक्षर नगर्ने ट्रम्पको भनाइ छ । डेमोक्र्याट नेताहरूले ट्रम्पसँगको कुराकानी भने जारी राख्ने बताएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।