श्रीमती र छोराछोरी भेट्न सोमबार अस्ट्रेलिया जान भिषा र टिकट लिएर बसेका डिआइजी भण्डारीको अधुरै रहयो परिवारसंग भेट्ने सपना !


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

आफूबाट टाढा रहेका परिवारसँग भेट्ने दिन नजिकिँदै थियो। उनी उत्साही थिए। आइतबार समुदाय–प्रहरी साझेदारी कार्यक्रममा सहभागी हुने र सोमबार अष्ट्रेलिया यात्रा सुरू गर्ने उनको योजना थियो। सोमबार उड्न पासपोर्टमा भिषा लगाइसकेका थिए। हवार्इ टिकट समेत लिइसकेका थिए।

तर काभ्रेको मण्डनदेउपुरमा शनिबार भएको जीप दुर्घटनाले प्रहरी नायव महानिरीक्षक सुशील कुमार भण्डारीको अष्ट्रेलिया पुगेर परिवार भेट्ने सपना अधुरै बनाइदिएको छ।

अष्ट्रेलिया जाने दिन पर्खिरहेका उनले भ्रमणका लागि प्रहरी संगठनबाट विदा स्वीकृत गराइसकेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार उनले १२ कार्तिकदेखि विदा स्वीकृत गराएका थिए। उनकै शाखाको समेत समन्वयमा तयार भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा लागि भण्डारी रोकिएका थिए। आफ्नै शाखाले ल्याउन लागेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम उद्घाटन सत्रमा सहभागी हुने र यात्रामा निस्किने उनको तयारी थियो।

‘परिवार भेट्न जाने भनेर विदा स्वीकृत गराइसकेका थिए’, प्रवक्ता एसएसपी सुवेदीले भने, ‘शनिबार विदा भएकाले घुमघाममा निस्किएका थिए होला, दुःखद घटना भयो।’

अष्ट्रेलियामा भण्डारीका श्रीमती प्रमिला र छोराछोरी छन्।

भण्डारीसहित ६ जनाको समूह शनिबार काभ्रेको धुलिखेलबाट ३० किलोमिटर उत्तर पर्ने चुरियुगाबाट हिगुवापाटीतर्फ आउँदै थिए। हेलम्बु राजमार्ग अन्र्तत ढकालथोकमा उनीहरु चढेको बा ३ च २८७ नम्बरको टोयटा जिप अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खस्यो। दुर्घटनामा गाडीमा रहेका ६ जनामध्ये धुलिखेलस्थित रेडियो गौरवका स्टेशन म्यानेजर जीवन पराजुली, विनोद कार्कीको घट्नास्थलमै मृत्यु भयो।

उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका भण्डारीको ५ बजेर २५ मिनेटमा मृत्यु भएको हो।

उनका दुई छोरी र एक छोरा छन्। कैलाली स्थायी ठेगाना भएका भण्डारी बुढानिलकण्ठ स्कुलबाट एसलएलसी उत्तीर्ण हुन्। २०४६ माघ २९ मा अहिलेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका उनी आफ्ना प्रहरी सहकर्मीभन्दा बाहिर साथीसँग बढी घुलमिल गर्न रुचाउँथे।

नेपाल सरकारले बैशाखमा डिआइजी बढुवा गरेका भण्डारी महानिरीक्षक सचिवालय मातहत रहने अन्वेषण शाखामा कार्यरत थिए। स्नाकोत्तरसम्म अध्ययन गरेका उनी प्रहरीमा इमान्दार, गुनासो नगर्ने र खुराफात नजान्ने अधिकारीका रुपमा परिचित थिए। प्रहरी बढुवामा प्रायः पछाडि रहे पनि उनले भनसुनलाई कहिल्यै प्राथमिकता दिएनन्।

भण्डारीको मृत्युसँगै नेपाल प्रहरी संगठनले एक जना कुशल उच्च अधिकारी गुमाएको छ, जसले जीवनका २९ उर्जाशील वर्ष प्रहरी सेवामा खर्चेका थिए। श्रोत नेपाल खबर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com