अष्ट्रेलियाको सिड्नीमा रहेको हिन्दू मन्दिरमा तोडफोड


प्रकाशित मिति : कार्तिक २, २०७५ शुक्रबार

अष्ट्रेलियाको सिड्नीमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ ।

सिड्नीमा रहेको भारतीय मन्दिरमा गत आइतवार अज्ञात समूहले तोडफोड गरेका हुन् । उनीहरुले मन्दिरमा रहेका ३० भन्दा बढी विभिन्न देव देवीका मूर्तिहरु फुटाइदिएका छन् । मन्दिरमा ओछ्याइएका कार्पेटहरु जलाइदिएका छन् भने फर्निचरहरु तोडफोड गरिदिएका छन् । मन्दिर कसले तोडफोड गर्यो भन्ने यकिन नभए पनि मन्दिर व्यवस्थापनले भने कुनै धर्म विरोधी समूहको संलग्नता रहेको आशंका गरेका छन् ।

तर अष्ट्रेलियन प्रहरी भने यसलाई हेट क्राइम मान्न तयार छैनन् । ‘हामी अझैं छानविनमै छौं । अहिले नै यसलाई हेट क्राइम भन्न मिल्दैन’,अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

स्थानीय प्रहरीले रिपोर्ट बुझाएपछि आज शुक्रवार अष्ट्रेलियाको अपराध अनुसन्धान तथा नियन्त्रण विभागको टोलीले मन्दिरको स्थलगत अनुगमन गरेको छ ।

फिजीको हिन्दू समुदायले २० वर्ष अगाडि उक्त मन्दिरको निर्माण गरेका हुन् । मन्दिरको वरिपरि ठूला ठूला चर्चहरु रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com