जापानको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको १०१ औं स्थानमा


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

विश्वमा धेरै देशहरुले भिसा-फ्रि को सम्बन्ध कायम गरेका छन् । विश्वको विभिन्न देश जान भिसा लगाउने लामो प्रकृया पूरा गर्नुपर्ने हुन्छ ।

‘भिसा-फ्रि’ को सम्बन्ध भनेको बिनाभिसा आवत–जावत भने होइन । दुई देशबीचको सम्बन्धका आधारमा लामो प्रकृया पूरा नगरी एक देशका नागरिक अर्को देशमा आवत–जावत गर्न सक्ने सम्बन्ध नै ‘भिसा-फ्रि’ को सम्बन्ध हो ।

विश्वका विभिन्न ठाउँमा घुम्न अाफ्नाे देशको निश्चित काजजातहरु चाहिन्छ नै । एक देशका नागरिकले अर्को देश घुम्न पासपोर्ट लिनुपर्ने हुन्छ तर विश्वका धेरै देशहरुले भिसा-फ्रिको सम्बन्ध कायम गरेका हुन्छन् । व्यापार, घुमफिर, रोजगार र अध्ययनका लागि एक देशका नागरिक अर्को देशमा आवत–जावत गर्ने गर्दछन् । हेन्ले पासपोर्ट इन्डेक्स ले विश्वमा कुन देशका नागरिकले भिसा-फ्रि र भिसासहितको सम्बन्ध कायम गरेका छन् भन्ने तथ्यांक सार्वजनिक गर्ने गर्दछ ।

हेन्लेले अक्टोबर ९, २०१८ मा एउटा प्रतिवेदन निकालेर कुन देशका नागरिकले कुन देश भिसा-फ्रि र भिसासहित प्रवेश पाउँछन् भनेर प्रतिवेदन सार्वजनिक गरेको छ । हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार जापानको पासपोर्ट (राहदानी) विश्वमै सबैभन्दा शक्तिशाली रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही महिनामा म्यानमारका लागि ‘भिसा-फ्रि’ प्रवेशको सम्बन्ध बनाएको जापानले विश्वका १ सय ९० वटा देशमा भिसा-फ्रि को सम्बन्ध कायम गरेको छ । ३६ देशको भ्रमण गर्न जापानका नागरिकले भिसा अनिवार्य रुपमा लिएर जानुपर्ने हुन्छ । यसभन्दा अगाडि म्यानमारले १ सय ८९ वटा देशमा भिसा-फ्रिको सम्बन्ध बनाएको थियो ।

सन् २०१८ मा जर्मनीले धेरै देशसँग भिसा-फ्रिको सम्बन्ध बनाएर प्रथम स्थानमा रहेको थियो तर अहिले जर्मनी तेस्रो स्थानमा झरेको छ । फ्रान्स र दक्षिण कोरियासँग सम्बन्ध बनाएर सन् २०१८ को सुरुमा प्रथम स्थानमा आएको जर्मनीले अहिले १ सय ८८ वटा देशहरुमा भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ ।

उज्बेकिस्तानले फ्रान्ससँग गएको अक्टोबर ५ मा भिसा-फ्रिको सम्बन्ध कायम गरेर माथिल्लो वरीयतामा आएको छ । उज्बेकिस्तानले जापान र सिंगापुरसँग भिसा-फ्रिको सम्बन्ध गएको फ्रेबुअरीमा बनाइसकेको छ । उज्बेकिस्तानले ५९ देशहरुसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । शक्तिशाली राहदानीको हिसाबमा अहिले उज्बेकिस्तान ८२ औं स्थानमा रहेको छ ।

दक्षिण कोरियाले पनि गएको अक्टोबर १ मा म्यानमारसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । दक्षिण कोरियाले १ सय ८८ देशहरुसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । तर दक्षिण अमेरिकी महादेशमा रहेको देश पाराग्वेले भने सिंगापुरसँग भिसा-फ्रि को सम्बन्ध हटाएको छ । पाराग्वेले १ सय ४३ देशहरुसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । शक्तिशाली राहदानीको आधारमा पाराग्वे ३४ औं स्थानमा रहेको छ ।

अमेरिका र बेलायतले १ सय ८६ देशसँग भिसा-फ्रि को सम्बन्ध कायम गरेका छन् । अमेरिका र बेलायत पाँचौ स्थानमा रहेका छन् । रुस ४७ औं स्थानमा झरेको छ । रुसले १ सय ४७ देशहरुसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ । ताइवानले गएको सेक्टेम्बरमा रुसका नागरिकलाई आफ्नो देश आउन भिसा-फ्रि दिए पनि राहदानीका आधारमा रुस माथिल्लो स्थानमा आउन सकेन ।

यूएईले भने २००६ देखि अहिलेसम्म आफ्नो स्थानमा निकै ठूलो सुधार गरेको छ । सन् २००६ मा ४७ औं स्थानमा रहेको यूएई अहिले २१ औं नम्बरमा पर्न सफल भएको छ । यूएईले भर्खरै रुससँग भिसा छुट (भिसा नभए पनि निश्चित समयका लागि कुनै देशमा गएर बस्न मिल्ने प्रावधान) को सम्बन्ध बनाएको छ । यूएईले १ सय ६१ देशमा भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ ।

चीनले भर्खरै उत्तर अमेरिकी महादेशको सेन्ट लुसिया र म्यानमारसँग सम्बन्ध बनाएको छ । चीन अहिले ७१ औं स्थानमा रहेको छ । सन् २०१७ पछि चीनले १४ वटा देशहरुसँग सम्बन्ध बनाइसकेको छ । चीनको पनि यो ठूलो सफलता हो । चीनका नागरिकले ७४ स्थानमा भिसा-फ्रिमा आवत–जावत गर्न सक्छन् ।

कुन देशले कति स्थानको भ्रमणमा भिसा-फ्रि पाएका छन्
1– जापान –१९०

2– सिंगापुर – १८९

3– जर्मनी, फ्रान्स, दक्षिण कोरिया –१८८

4– डेनमार्क, फिनल्याण्ड, इटाली, स्विडेन, स्पेन –१८७

5– नर्वे, बेलायत, अष्ट्रिया, लक्जम्बरर्ग, नेदरल्याण्ड, पोर्चुगल र संयुक्त राज्य अमेरिका – १८६

6– बेलजियम, स्विट्जरल्याण्ड, आयरल्याण्ड र क्यानडा – १८५

7– अष्ट्रेलिया, ग्रिस, माल्टा – १८३

8– न्यूजिल्याण्ड, चेक रिपब्लिक – १८२

9– आइसल्याण्ड – १८१

10– हंगेरी, स्लोभेनिया, मलेसिया – १८०

सबैभन्दा कम देशमा आवत–आवतको सम्बन्ध कायम भएको देशमा अफगानिस्तान र इराक रहेका छन् । दुवै देशले ३० देशसँग भिसा-फ्रिको सम्बन्ध कायम गरेका छन् ।

सिरिया र सोमालियाको ३२ देशसँग भिसा-फ्रिको सम्बन्ध रहेको छ भने पाकिस्तानको ३३ देशसँग भिसा-फ्रिको सम्बन्ध रहेको छ । नेपाल भने १०१ औं स्थानमा रहेको छ । नेपाली नागरिकले ४० ओटा देशहरुमा भिसा-फ्रि मा भ्रमण गर्न पाउँछन् । जापानसँग पनि नेपालले भिसा-फ्रिको सम्बन्ध कायम गरेको छ ।

भारतले ६० वटा देशहरुसँग भिसा-फ्रि को सम्बन्ध कायम गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com