डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया कसरी जाने ? यस्तो छ भिसा प्रक्रिया


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

अष्ट्रेलिया जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेन्डेन्ट भिसा’ मा रहेको अनुमान छ । ‘डेपेन्डेन्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अष्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो– ‘डेपेन्डेन्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् ।

परिवारसँगै रहेर शिक्षा र अन्य अवसर हात पार्ने मेसो यो प्रक्रियाले दिएको छ । विवाहित पत्नी होस् या पति जो पहिले अष्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । ‘परिवारका सदस्य मात्रले विद्यार्थी सँगै वा पछि छुट्टै आवेदन दिन सक्छन्, । ‘यो यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्स पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत हो ।’

भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाड सँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् । त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ ।

सबै प्रमाण पुर्‍याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनुपर्ने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउँछन् ।

-हिमालयन कङ्गारु 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com