बेल्जियमको चुनावमा भिड्दै नेपाली मुलकी दुई छोरी !


प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार

विदेशमा नेपाली मुलका विदेशी नागरिकले ठुलठुला सफलता प्राप्त गरेका छन । बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् । उनको नाम हो रश्मी निरौला । रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठुलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् ।

बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठुलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् । त्यसैगरी बेल्जियमको दोस्रो ठुलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले नेपाली चेली लीला शर्मा मानन्धरलाई सशक्त उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com