कस्ता विद्यार्थी अष्ट्रेलिया जान सक्छन् ? कसरी प्रोसेस गर्ने ?


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री र रोजगारीको राम्रो अवसरका कारण अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको पनि आकर्षक शैक्षिक गन्तव्यको रुपमा रहेको छ ।

तर अष्ट्रेलिया अध्ययनमा जानका लागि शैक्षिक स्तर भने राम्रो हुनुपर्छ । पछिल्लो समय प्लस टुमा प्रथम श्रेणी नै चाहिने अवस्था छ । अंग्रेजी भाषामा निकै दक्ष हुनुपर्छ । यसरी अष्ट्रेलिया जान चाहने विद्यार्थीको आर्थिक स्थिति पनि कम्तिमा शिक्षण शुल्क तिर्न सक्ने हुनुपर्छ । त्यसो त मध्यमस्तरका आय भएका नेपालीले समेत अष्ट्रेलिया अध्ययन गर्न सक्छन् । तर कम्तिमा एक वर्ष त घरबाट नै खर्च जोहो गरेर जानु बुद्दिमानी ठहरिन्छ ।

अष्ट्रेलियामा कलेज अनुसार शिक्षण शुल्क पनि फरक फरक हुन्छ । कलेजको ब्राण्ड, गुणस्तर जस्ता कुराले शुल्क फरक पर्न जान्छ । अष्ट्रेलिया जानका लागि औसतमा १२ लाखदेखि २८ लाख रुपैयाँसम्म खर्च लागेको पाइन्छ । विद्यार्थीले शुल्क तिरेर अष्ट्रेलियाको कुनै कलेजमा भर्ना भएपछि तिरेको पैसा डुब्ने सम्भावना हुँदैन । कलेज डुब्यो भने पनि त्यहाँको सरकारले विद्यार्थीलाई न्याय दिलाउने काम गर्छ । नर्सिङ, आइटि, इन्जिनियर, हस्पिटालिटि, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट जस्ता विषय अष्ट्रेलियामा राम्रो मानिन्छ ।

कसरी जाने अष्ट्रेलिया ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थीले शुरुमा आफ्नो प्रोफाइल तयार पार्नुपर्छ । त्यसपछि बल्ल भिसाका लागि आवेदन दिनुपर्छ । प्रोफाइलमा आर्थिक, शैक्षिक र अंग्रेजी भाषाको मापदण्ड पूरा भएको उल्लेख हुनुपर्छ ।

उक्त कागजपत्रलाई सम्बन्धित कलेज वा विश्वविद्यालयमा पठाइन्छ । यताबाट कागजपत्रको मूल्याङ्कन हुन्छ । यदि सबै मापदण्ड पुगेको ठहर भएमा विद्यार्थीलाई अफर लेटर पठाउँछ । त्यसपछि बैंकमा गएर तोकिए अनुसारको वित्तिय कागजपत्र तयार गर्नुपर्छ । अष्ट्रेलियाको लागि नबिल बैंक र एसबिआइ बैंकबाट वित्तिय कागजपत्र तयार हुन्छ । यी बैंकमध्ये कुनै एकबाट कलेजलाई पैसा भुक्तान गरिन्छ ।

त्यसपछि इलेक्ट्रोनिक कन्फरमेशन अफ इन्भल्वमेन्ट आएपछि भिसा आवेदनका लागि मिति तय गरिन्छ । आवेदन दिएको ४ देखि ८ हप्ताभित्रमा भिसाको निर्णय आउँछ । त्यसपछि अध्ययनका लागि जाने तयारी सुरु गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com