ऋषि कपुरलाई क्यान्सर


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

बलिउडका चर्चित कलाकारहरुलाई विभिन्न रोगले आक्रमण गरेका सामाचारहरु बढिरहेका छन्। पछिल्लो समय अभिनेता इरफान खान र अभिनेत्री सोनालीलाई खतरनाक रोग लागेको खबर आएका थिए।

अहिले भारतीय संचार माध्यममा अभिनेता ऋषि कपुरलाई क्यान्सर भएको समाचार फैलीरहेको छ। संचारमाध्यमले पछिल्लो पुस्ताका चर्चित अभिनेता रणवीर कपुरका पिता तथा पुरानो समयका लोकप्रिय अभिनेता ऋषि कपुरलाई क्यान्सर लागेको र क्यान्सर पनि तेस्रो चरणमा पुगिसकेको उल्लेख गरेका छन्।

ऋषि कपुरका दाजु अर्थात करिश्मा र करिनाका बुवा तथा अभिनेता रणधीर कपुरले ऋषि कपुरलाई क्यान्सर लागेको हो या होइन भन्ने अहिले स्वयम् ऋषि कपुर र परिवारलाई समेत थाहा नभएको बताएका छन्। उनले स्वास्थ्य जांचको लागि ऋषि कपुर अहिले अमेरिका गएको उल्लेख गर्दै जांच पछि आउने नतिजा आफूहरुले सार्वजनिक गर्ने बताएका छन्। उनले ऋषिलाई क्यान्सर लागेको भनेर अफवाह नफ़ैलाउन मिडियालाई आग्रह समेत गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com