कुनै स्पोन्सरविना नै अष्ट्रेलियाको वर्किङ भिसा


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

के विदेशी विद्यार्थीहरुले कुनै स्पोन्सरविना अष्ट्रेलियाको वर्किङ भिसा पाउछन् ? यो अष्ट्रेलियामा पढिरहेका नेपाली मात्र होइन प्राय सबै विदेशी विद्यार्थीहरुले गर्ने साझा प्रश्न हो ।

अष्ट्रेलियाको भिसा नीति अनुसार अधिकांश वर्किङ भिसाका लागि रोजगारदाताको स्पोन्सर अनिवार्य छ । तर यस्ता कुनै स्पोन्सरसीप विना नै वर्किङ भिसा प्राप्त गर्नसक्ने केही विकल्पहरु पनि छन् ।

जस्तो :

–ग्राजुएट टेम्पोररी सबक्लास ४८५ भिसा :अष्ट्रेलियामा कम्तीमा २ वर्ष अध्ययन पूरा गरेका योग्यता हासिल गरिसकेका विद्यार्थीहरुले कुनै स्पोन्सरसीप विना नै वर्किङ भिसा प्राप्त गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

–वर्किङ होलिडे सबक्लास ४१७ भिसा : कुनै कुनै मुलुकका ३१ वर्ष मूनिका वैधानिक पासपोर्टवाहकहरुले यो भिसा प्राप्त गर्न सक्ने प्रावधान छ ।

यस्तै अष्ट्रेलियामा भिजिट वा स्टुडेन्ट भिसामा आएकाहरुले समेत आफ्नै विजनेश गर्न चाहेमा अनुमति पाउँनसक्छन् । यस्तो अवस्थामा विद्यार्थीहरुले ४५७ भिसाका लागि सेल्फ स्पोन्सर अर्थात आफ्नो लागि आफैंले स्पोन्सर गर्नसक्ने प्रावधान छ । तर यसरी गरिने विजनेश भने विश्वसनीय हुन आवश्यक छ । अझ त्यसमा केही अष्ट्रेलियनहरुलाई रोजगारी दिनसके भिसाका लागि निकै सहज हुन्छ ।

तर विर्सन नहुने कुरा के छ भने अष्ट्रेलियामा विद्यार्थीहरु आउँने भनेको पढ्नकै लागि हो । अष्ट्रेलियाको सरकारले तपाईलाई भिसा पनि यसैका लागि दिइएको हो । त्यसैले हरेक विदेशी विद्यार्थीहरुको पहिलो शर्त भनेको पूरै समय अध्ययनका लागि दिनु हो । पोष्ट ग्राजुएट लेभलमा अध्ययनरत विद्यार्थीको हकमा समेत यही कुरा लागू हुन्छ ।

तर मास्टर डिग्रीमा कुनै रिसर्च वा विद्यावारिधि गर्दै गरेका विद्यार्थीहरुले भने कुनै शर्तमा फुल टाइम काम गर्न पाउँछन् ।
मास्टर डिग्री वा विद्यावारिधि सकाएका विद्यार्थीहरुका भने आफन्त वा श्रीमान,श्रीमतिले पनि फुल टाइम काम गर्न पाउँने वर्किङ भिसा प्राप्त गर्न सक्छन् ।

–हिमालयन कङ्गारु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com