घरमा राखेको फ्रिजमा विष्फोट हुँदा एकै परिवारका चार जनाको ज्यान गयो


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

भारतको मध्यप्रदेश राज्यको ऐतिहासिक शहर ग्वालियरमा घरमा राखेको फ्रिजमा विष्फोट हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

भारतीय मीडियाहरूमा प्रकाशित समाचार अनुसार घरमा सर्ट सर्किटका कारण लागेको आगोबाट फ्रिजको कम्प्रेसर पाइपमा विष्फोट हुँदा उक्त दुर्घटना भएको थियो ।

प्राप्त समाचार अनुसार उक्त विष्फोटपछि छिमेकी घरको छात भत्केको र उक्त घरमा सुतिरहेका चार जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ५० वर्षी अंतराम सिंह परिहार, उनकी ४५ वर्षीय पत्नी उमा र उनका दुई छोरीहरू १४ वर्षीय खुशी र ११ वर्षीय कशिश रहेका छन् । परिहारका १७ वर्षीय छोरा भने उक्त घटनामा बाँच्न सफल भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृत्यु हुने दुई किशोरीहरू जिल्लास्तरका जुनियर बक्सिङ च्याम्पियन रहेको बुझिएको छ । यसमा जेठी खुशी राष्ट्रिय र कान्छी कशिश प्रदेश च्याम्पियनसिप खेल्ने तयारीमा थिइन् ।

उक्त घटनाको जांच गर्न आएको बम डिस्पोजल टोलीले लगभग दुई-तीन बजे राति सर्ट सर्किटको कारण अवकाशप्राप्त सैनिक चरण सिंहको घरमा आगो लागेको थियो । उक्त आगलागी भान्सासम्म फैलिएपछि ग्यास सिलिण्डरको पाइप जलेको र यसले फ्रिजको कम्प्रेसर पाइपभित्र रहेको ग्यासको प्रेसर बढेर विष्फोट भएको र उक्त विष्फोटले भान्सा कोठाको पर्खाल भत्किएर परिहारको छतमाथि खसेर उक्त दुर्घटना भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com