३७ बर्ष कान्छी युवतीको प्रेममा भजन गायक अनुप


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

आईतबारदेखि शुरु भएको भारतीय टेलिभिजन रियालिटी शो बिग बोसमा भजन गायक अनुप जलोटाको अफयेर्सको खुलासा भएको छ ।

चर्चित गायक जलोटाले ६५ बर्षिय बिग बोसमा आफ्नी २८ बर्षिय प्रेमिकालाइ शोमा भाग लिन घर भित्र गएपछि अहिले अनुप जलोटाको प्रेम प्रसंगको चर्चा भएको हो ।

गायिका समेत रहेकी जसलिन मथारुसँग आफू पछिल्लो साढे तीन बर्ष देखि रपम सम्बन्धमा रहेको र आफूहरु सँगै बस्ने गरेको जलोटाले शोमा सलमानखानकै अगाडी सुनाएपछि सबै हैरान भएका थिए ।

दुवैले आफ्नो प्रेमलाई सबैको अगाडी ल्याउन उक्त शोमा आएको खुलासा गरेका छन् । भारतमा भजन गायकको रुपमा चर्चित जलोटाले बह्रत सरकारको तर्फबाट सन् २०१२ मा पदमाश्री सम्मान पनि पाएका छन् । अहिले आफूभन्दा ३७ बर्ष कान्छी युवतीसँग प्रेममा रहेको खुलासापछि अहिले बलिवुडमा सनसनी मच्चिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शोमा जलोटाले गायिका मथारु शुरुमा आफूसँग संगीत सिक्न आएको बताउदै पहिला प्रेम प्रस्ताव मथारुले नै राखेको बताए । गायिका मथारुले पनि आफू जलोटासँग रहदा खुशी महसुस गर्ने भन्दै आफूले जलोटालाई प्रेम गर्ने खुला रुपमा बताएकी छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com