मार्मिक पत्र लेखेकी पुजाको परिवारलाई हेम थापाद्वारा ३६ लाख सहयोग


प्रकाशित मिति : भाद्र २७, २०७५ बुधबार

प्रधानध्यापकलाई चरम गरिबीको कारण आफू नियमित विद्यालयमा आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीलाई एक ब्यक्तिले बार्षिक ३ लाख सहयोग गरेका छन्।

आमाबुबाले छोडेर हिडेपछि अपाङ्ग हजुरबुबा, भाई बहिनीको रेखदेख तथा विहान बेलुकी दुई छाक जोहो गर्न समेत मुस्किल भएपछि भोकै विद्यालयमा आउन नसक्ने पत्रबाटै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र लेखेकी पुजाको परिवारलाई तेह्थुम जिल्ला मेन्छयायेम गाउँपालिका स्थायी घरभई हाल अमेरिकाको न्यूयोर्कमा रहेका हेम र माया थापाले सहयोग गरेका हुन्।

रोजगारी तथा ब्यवसायिक सिलसिलामा अमेरिका पुगेका थापा दम्पतीले आफ्नो मेहनतले पूजाको परिवारमा खुुसीयाली देख्न चाहेको बताउँदै बार्षिक ३ लाखको दरले उच्च शिक्षासम्म आवश्यक पर्ने न्यूनतम ३६ लाखसम्म सहयोग घोषणा गरे।

आर्थिक अभावले घरायसी र शिक्षादिक्षामा देखिएको समस्याले स्तब्ध भएको बताउँदै पूजासहित चार भाई बहिनीलाई कक्षा १२ सम्म, हजुरबुबाको रेखदेखमा खर्च गर्नेगरी मासिक २५ हजार सहयोगको घोषणालाई कार्यान्वयन गर्दै पुजाको भाईबहिनीलाई सदरमुकाम बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा भर्ना गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार भाईबहिनी घरमै बसेर अध्ययन गर्ने वातावरण भएपछि शिक्षादिक्षामा सहज हुने गरी थापाले जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, विद्यालयका सञ्चालक सहितको उपस्थितीमा कक्षा १२ सम्म पुजा र हजुरबुबालाई उपलब्ध गराइएको आर्थिकलाई सुरक्षित गर्दै मासिक १५ हजारमा आवासीय सुविधा, मासिक, पोशाकसहितको सुविधा दिने शर्तमा विद्यालयमा भर्ना गरेको थापाका भतिज श्याम कुमार थापाले बताए।

‘उहाँले प्रतिबद्धतालाई कार्यान्वयन गर्नुहुन्छ, बालबालिकालाई उच्च शिक्षासम्म कुनै समस्या हुदैन’, थापाले भने। उनले अमेरिकामा दैनिक काम गरेर हालसम्म करोडभन्दा धेरै सहयोग गरेको बताउँदै सहयोगलाई सदुपयोग गर्न अनुरोध गरे। उनले पुजा र उनका भाईबहिनीको कक्षा १२ सम्म करिब ४० लाखको हाराहारीमा खर्च हुने बताए। उनका अनुसार वेष्ट प्वाइन्टलाई भाई बहिनीको मासिक १५ हजार, पुजा र हजुरबुबालाई १० हजार सहयोग पु-याउने बताए। सहयोग तथा शैक्षिक अभिभावक ग्रहण कार्यक्रममा सहयोगको पहिलो किस्ता वापत १ लाख थापाको प्रतिनिधित्व गदैं आएका श्यामकुमार र जमुना राईले विद्यालयका प्रधानध्यापक बिना झा लाई हस्तान्तरण गरेका थिए।

पुजाका भाईबहिनीलाई ग्रहण गदैं वेष्ट प्वाइन्ट फाउण्डेशनका अध्यक्ष सुर्दशन कुमार श्रेष्ठले विद्यालयको नियम अनुसार शुल्क कम भएपनि आन्तरिक ब्यवस्थापन गरिने बताए। ‘पुजाको पीडाले हामीलाई पनि छोएको छ, हाम्रो तर्फबाट पनि नियमित सहयोग हुन्छ’, श्रेष्ठले भने। उनले विद्यालयमा आर्थिक अभाव भएका बालबालिका समेत अध्ययरत रहेको बताउँदै समाजसेवी थापाको लगानीलाई सदुपयोग गर्दै नमुना विद्यार्थी बनाउने बताए।

सोही अवसरमा बोल्दै पुजाले भाई बहिनीलाई डाक्टर बनाउने चाहना रहेको बताइन्। ‘मेरो पत्रले अहिले धेरै सहयोग आएको छ, एक रुपैयाँ पनि दुरुपयोग गर्ने छैनौ’, उनले भनिन। आफूले गाउँकै सामुदायिक विद्यालयमा पढ्ने बताउँदै भाईबहिनीलाई समय समयमा भेट्न आउने उनको भनाई छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका नासु राजेश पौडेल, निमित्त महिला विकास अधिकृत रेनुका प्रधान, पुजाका आफन्त रामप्रसाद सुबेदी लगायतको उपस्थिती रहेको थियो। पुजाको पत्र सहितको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि गरिमा विकास बैंकमा खोलिएको खातामा हालसम्म १२ लाख ५४ हजार ८९२ रुपैयाँ संकलन भएको छ।

यता समाजसेवी थापाले आफ्नो प्रतिबद्धतालाई पुरा गर्ने टेलिफोनमार्फत बताएका छन्। उनले बार्षिक ३ लाखलाई प्रत्येक बर्ष ४ महिनामा १ लाखको दरले पठाउने बताए। उनले पुजा जस्तै धेरैलाई सहयोग गर्ने गरेको बताउँदै सहयोगलाई कुनैपनि हालतमा पुरा गर्ने समेत बताए। जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले गत भदौ १ गते विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई रहर भएपनि बाध्यताले नियमित विद्यालयमा आउन नसक्ने अवस्थालाई जनाउ दिदैं आफ्नो नाम कक्षाको रजिष्टरबाट हटाइदिन अनुरोध गरेको पत्र सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। नागरिक न्युजमा खबर छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com