आमा छोरी नै सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

दिनदिनै महिला र बालबालिका बेपत्ता साथै बलात्कार भएका घटना बढिरहदा फेरी पनि भरतपुर १० हाकिम चोक बस्दै आएकी २६ बर्षिय ज्योती आफ्नो ५ बर्षिय छोरी आर्जना सहित सम्पर्क विहिन भएकी हुन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम माईत र धादिङ घर भई हाल चितवन बस्दै आएकी ज्योती सुवेदी तिमल्सिना आफ्नो छोरी सहित सम्पर्क विहिन भएकी छिन् । ज्योतीका श्रीमान भने बैदेशीक रोजगारिको सिलसलामा बिदेशमा छन् ।भदौ १२ गते करिब पौने ३ बजे बस्दै आएको घरबाट बाहिर निस्किएका उनीहरु अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् ।

कोठाबाट निस्कीएको दिन साँझ फोनमा आफ्नो परिवारका सदस्यसंग सम्पर्कमा आएको भएपनि त्यसपछि उनको मोवाईल अफ भएको कारण उनीहरुको अबस्था पक्ता लगाउन कठिनाई भएको घरपरिवारको भनाई छ ।अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएपछि खोजी गरिदिनको लागि सबैलाई आह्वान गरिएको उनका आफन्त अमृत पौडेलले जानकारी दिनुभयो ।उनीहरुलाई भेट्नुहुने र देख्नुहुने महानुभावलाई ९८१७२३७६९१ र ९८५२६७८९०५ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com