दुई छोरीको शौचालयमा डुबाएर हत्या गरी फरार रहेकी कमला पक्राउ
प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार
आफ्ना नाबालीका दुई छोरीको शौचालयमा डुबाएर हत्या गरी फरार रहेकी आमा पक्राउ परेकी छिन् । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी २० वर्षीया कमला विकलार्इ प्रहरी कार्यालय सुनसरी पक्राउ गरेको हो ।

कमला आफ्नो दुई छोरीलाई मारेर शौचालयमा डुबार्इ पाँच दिनदेखि फरार रहेकी थिईन् । उनलाई इटहरीबाट धरान जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो। कमलाकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको थियो भने अर्की छोरीको शव शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको थियो ।
कमलाको बिहे इलामका एक जना ड्राइभरसँग भएको थियो । तर कमला भने आफ्नो माइतमै एक वर्षदेखि आफ्नो जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् ।





